काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनलाई ऊर्जा दिने कि आफूलाई टेन्सन दिने फैसला चितवनको जनताको हातमा रहेको टिप्पणी गरेका छन् । आज भरतपुरमा आयोजित सभामा बोल्दै उनले गठबन्धनलाई ऊर्जा दिनका लागि भरतपुर लगायतमा गठबन्धनका उम्मेदवारहरुलाई जिताउनुपर्ने बताए ।
‘तपाईंहरु गठबन्धनलाई ऊर्जा दिनुहुन्छ कि प्रचण्डलाई टेन्सन दिन चाहनुहुन्छ ?’ प्रचण्डले भने,‘फैसला तपाईंहरुको हातमा छ ।’ विगतमा काँग्रेसका कार्यर्ताहरुले आफूहरुलाई भोट दिन गाह्रो माने भनेरै अर्को गठबन्धनमा गएको सुनाए । उनले भने,‘म जानकारी गराएरै अर्को गठबन्धनमा गएको थिए, धक्का खाएर सिकेको छु ।’ प्रचण्डले अब गठबन्धनबाट दायाँबायाँ नगर्ने प्रतिवद्धता व्यक्त गरे ।
गठबन्धनबाट भरतपुर महानगर मेयरमा प्रचण्डकी छोरी रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् । उनको बागीको रुपमा कांग्रेसका जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवाको रुपमा मनोनयन दर्ता गरेका छन् । कांग्रेस चितवनका नेता तथा कार्यकर्ताले रेणुलाई मत नदिने आशंका बढिरहेका बेला प्रचण्डले आफ्नी छोरीलाई भोट नदिए देश दुर्घटनामा जान सक्ने बताएका हुन् ।
‘तपाईंहरुले अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, गठबन्धन लोकतन्त्र र गणतन्त्रको आवश्यकता हो । देश र जनताको विकास र समृद्धिको आवश्यकता हो भन्ने नबुझेर हालिँदैन हँसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ,’ प्रचण्डले भने । रेणु दाहालको टिमलाई जिताएमा गठबन्धनलाई बीस वर्षसम्म लैजाने उनको उद्घोष गरे ।
सम्बन्धित खबर
प्रधानमन्त्रीले शुभकामना दिँदै फेसबुकमा लेखे : सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्
नयाँ वर्षको शुभकामना दिँदै रविले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ
सुरक्षित र समृद्ध नेपालका लागि पाको अनुभव र नवयुवाको ऊर्जाबीच सहकार्य आवश्यक: ओली
भाडा नतिरेपछि रिपोटर्स क्लवसहित भृकुटीमण्डपका २० कार्यालयमा परिषद्ले लगायो ताला
पार्टी सदस्यता कुनै नेताको आवेग, लहडमा भाषणमार्फत् खारेज गर्ने विषय होइन : खड्का
नयाँ वर्षमा पूर्वराजा ज्ञानेन्द्रको शुभकामना सन्देश, बालेन्द्र साह सरकारप्रति नरम
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?