काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनलाई ऊर्जा दिने कि आफूलाई टेन्सन दिने फैसला चितवनको जनताको हातमा रहेको टिप्पणी गरेका छन् । आज भरतपुरमा आयोजित सभामा बोल्दै उनले गठबन्धनलाई ऊर्जा दिनका लागि भरतपुर लगायतमा गठबन्धनका उम्मेदवारहरुलाई जिताउनुपर्ने बताए ।
‘तपाईंहरु गठबन्धनलाई ऊर्जा दिनुहुन्छ कि प्रचण्डलाई टेन्सन दिन चाहनुहुन्छ ?’ प्रचण्डले भने,‘फैसला तपाईंहरुको हातमा छ ।’ विगतमा काँग्रेसका कार्यर्ताहरुले आफूहरुलाई भोट दिन गाह्रो माने भनेरै अर्को गठबन्धनमा गएको सुनाए । उनले भने,‘म जानकारी गराएरै अर्को गठबन्धनमा गएको थिए, धक्का खाएर सिकेको छु ।’ प्रचण्डले अब गठबन्धनबाट दायाँबायाँ नगर्ने प्रतिवद्धता व्यक्त गरे ।
गठबन्धनबाट भरतपुर महानगर मेयरमा प्रचण्डकी छोरी रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् । उनको बागीको रुपमा कांग्रेसका जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवाको रुपमा मनोनयन दर्ता गरेका छन् । कांग्रेस चितवनका नेता तथा कार्यकर्ताले रेणुलाई मत नदिने आशंका बढिरहेका बेला प्रचण्डले आफ्नी छोरीलाई भोट नदिए देश दुर्घटनामा जान सक्ने बताएका हुन् ।
‘तपाईंहरुले अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, गठबन्धन लोकतन्त्र र गणतन्त्रको आवश्यकता हो । देश र जनताको विकास र समृद्धिको आवश्यकता हो भन्ने नबुझेर हालिँदैन हँसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ,’ प्रचण्डले भने । रेणु दाहालको टिमलाई जिताएमा गठबन्धनलाई बीस वर्षसम्म लैजाने उनको उद्घोष गरे ।
सम्बन्धित खबर
दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा
बझाङ केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प, दर्जनौँ घर भत्किए
नेपालगञ्जमा हिन्दू र मुस्लिमबीच तनाब, स्थानीय प्रशासनद्वारा कर्फ्यू जारी
कक्षा १२ को परीक्षा आगामी बैशाखमा
देशभर बदली र वर्षाको सम्भावना
अन्तर्राष्ट्रिय विमान कम्पनीले पोखरामा उडान अनुमति माग्दा सरकारले दिएन: महासचिव पोखरेल
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल