काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना महामारीका कारण अहिलेसम्म विश्वमा एक करोड ५० लाख जनाको मृत्यु भएको जनाएको छ ।
यो तथ्याङ्क कोरोना महामारी सुरु भएपछि दुई वर्षको अन्तरालमा विश्वमा प्रारम्भिक अनुमान भन्दा १३ प्रतिशत बढी हो । विभिन्न मुलुकबाट उपलब्ध तथ्यांक भन्दा बढी मानिसको मृत्यु भएकाले प्रारम्भिक आँकडा भन्दा बढी मानिसको मृत्यु कोरोनाकै कारण भएको डब्लुएचओको दावी छ ।
विश्वभर ५७ प्रतिशत पुरुष र ४३ प्रतिशत महिला कोरोना महामारीको सिकार भएको डब्लुएचओको तर्क छ । मध्यम आय भएका देशहरुमा यो मृत्युदर अत्याधिक रहेको डब्लुएचओको दावी छ ।
डब्लूएचओले भारतमा मात्रै कोरोनाका कारण ४७ लाख जनाको ज्यान गएको हुन सक्ने बताएको छ । यो आधिकारिक तथ्याङ्कभन्दा १० गुणा धेरै हो । विश्व स्वास्थ्य सङ्गठनको अनुमानलाई लिएर भारत सरकारले भने चिन्ता व्यक्त गरेको छ । भारतमा आधिकारिक तथ्याङ्कअनुसार कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच लाख २३ हजार नौ सय ७५ जना रहेको छ । अहिले भारतमा दैनिक झन्डै तीन हजार कोरोनाका नयाँ सङ्क्रमित थपिने गरेका छन् ।
डब्लुएचओका अनुसार भारतसँगै सबैभन्दा बढी मृत्यु हुने देशमा रुस, इन्डोनेसिया, अमेरिका, ब्राजिल, मेक्सिको र पेरु रहेका छन् ।
सम्बन्धित खबर
चीनको एक कोइला खानीमा आगलागी हुँदा १६ जनाको मृत्यु
आज विश्व शान्ति दिवस मनाइँदै
भारतमा भेटियो निपाह भाइरस, केरलामा पाँच दिन स्कुल बन्द
डिभी परेर अमेरिका गएका आशिष कोठामै मृत भेटिए
हृदयघातका कारण भारतमा एक नेपालीको मृत्यु
मोरक्को भूकम्प : मृत्यु हुनेको संख्या २ हजार ६ सय ८१ जना पुग्यो
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि