नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।
पाँच दलीय गठबन्धनद्वारा आइतबार पोखरामा आयोजित बृहत् चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनलाई बलियो बनाएर लैजानुपर्नेमा जोड दिए ।
गठबन्धन कांग्रेसका लागि सबैभन्दा बढी आवश्यक भएको देउवाको भनाइ थियो । ‘गठबन्धन बन्नुअघि हाम्रो कस्तो अवस्था थियो, आज कांग्रेसको नेतृत्वमा सरकार छ, सबै पार्टी मिलाएर बसेको छ,’ देउवाले भने ।
गठबन्धनमा शङ्का, उपशङ्का गर्नुपर्ने अवस्था नरहेको जनाउँदै उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपाल एवं गठबन्धनका दलले उदार भएर कांग्रेसलाई सहयोग गरेको उल्लेख गरे ।
गठनबन्धनले ६ महानगरमध्ये तीनवटा महानगरको नेतृत्व कांग्रेसलाई दिएको देउवाको भनाइ थियो । ‘कांग्रेसले बलियो महानगर पाएको छ । अरुले एक–एक वटा लिएर चित्त बुझाउनुभएको छ । उहाँहरूले धेरै छोड्नुभएको छ,’ उनले भने, ‘त्यसैले गठबन्धनलाई जिताउनु कांग्रेसको कर्तव्य हो । माधवजी र प्रचण्डजीको पार्टीभन्दा बढी मिहिनेत गरेर कांग्रेसले गठबन्धनलाई जिताउनुपर्छ ।’
गठबन्धनकै कारण प्रदेश र संघमा कांग्रेसको सरकार बनेकाले गठबन्धनप्रति कांग्रेस दृढ हुनुपर्ने देउवाले बताए । उनले गठबन्धन राष्ट्रिय आवश्यकता भएको दाबी गरे । ‘गठबन्धनको सरकार राष्ट्रिय, ऐतिहासिक आवश्यकता हो । राष्ट्रिय आवश्यकतालाई अझ मजबुत बनाएर लैजानुपर्छ,’ उनले भने ।
गठबन्धनको विपक्षमा नबोल्न र कुनै शंका नगर्न उनले कांग्रेस कार्यकर्तालाई निर्देशन दिए । निर्देशन विपरीत गरे कारबाही गर्ने सभापति देउवाले चेतावनी दिए ।
सम्बन्धित खबर
पार्टी सदस्यता कुनै नेताको आवेग, लहडमा भाषणमार्फत् खारेज गर्ने विषय होइन : खड्का
नयाँ वर्षमा पूर्वराजा ज्ञानेन्द्रको शुभकामना सन्देश, बालेन्द्र साह सरकारप्रति नरम
‘तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो’ लेखेका गृहमन्त्री गुरुङले आलोचनापछि हटाए स्टोरी
कांग्रेस क्रियाशील सदस्य बन्न आफै वडामा जानुपर्ने, शपथ खानुपर्ने
आगामी साउन १ गतेदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन वा उपदान नपाउने
ओलीलाई रास्वपा सांसदले ‘अपराधी’को संज्ञा दिएपछि एमाले सांसदको प्रतिवाद
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?