ताप्लेजुङ । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको मृत्यु भएको छ।
आरोहणका क्रममा आठ हजार २०० मिटरको उचाइमा पुग्दा ५२ वर्षीय नारायणन अयरको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक अयर ८ हजार ५८६ मिटरको उचाइमा रहेको कञ्चनजङ्घा हिमाल आरोहणका लागि पायोनिर एड्भान्चर प्रालिबाट गएका थिए।