भारतमा एक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु, १२ घाइते

भारतमा एक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु, १२ घाइते

india_fire_death

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीस्थित एक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ।

हिजो बेलुका भएको आगलागीमा २७ जनाको शव भेटिएको र ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने भारतीय सञ्चार माध्यामले जनाएको छ।

आगलागीमा परेर १२ जना गम्भीर घाइते भएका छन्। सो भवनभित्र ७० जना भन्दा बढी मानिसहरू थिए। घाइतेहरुको दिल्लीको सञ्जय गान्धी र दिन दयाल अस्पतालमा उपचार भइरहेको छ।

विद्युत सर्ट हुँदा भवनमा आगो लगेको हुन सक्ने सुरक्षा अधिकारीहरुको प्रारम्भिक अनुमान छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै आगलागीबाट ज्यान गुमाएकाका परिवारलाई प्रतिपरिवार दुई लाख र घाइतेलाई उपचारका लागि ५० हजार भारतीय रुपैयाँ प्रदान गर्ने बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ