मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ।
एमालेका अध्यक्षका उम्मेदवार रिन्जिन नम्ग्याल गुरुङले ८७६ मत सहित निर्वाचित भएका हुन्। उनका प्रत्यासी नेपाली कांग्रेसका आङजेन गुरुङले ५७७ मत पाएका छन्।
यस्तै, उपाध्यक्षमा पनि एमालेकी ढिकी गुरुङले ७४९ मत प्राप्त गरेर विजयी भएकी छन् । उनका प्रत्यासी नेपाली कांग्रेसका धेव आङवो गुरुङले ६७७ मत प्राप्त गरे।
दुई हजार २२४ मतदाता रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा शुक्रबार भएको मतदानमा ६७.०२ प्रतिशत अथवा एक हजार ५०८ मत खसेको थियो। वडा नम्बर १, ३ र ५ मा नेकपा एमालेका तथा वडा नम्बर २ र ४ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
वडा नं १ मा एमालेका प्रमेश गुरुङ, वडा नम्बर २ मा कांग्रेसका न्होरु गुरुङ, ३ मा एमालेका विनोद गुरुङ, ४ मा कांग्रेसका कर्म घ्याचो गुरुङ र ५ मा एमालेका सुरेन्द्र गुरुङ विजयी भएका छन्।
पाँच वटा स्थानीय तह रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र लोघेकर दामोदरकुण्डमा नेकपा एमाले र घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएका छन्।