स्थानीय तहको निर्वाचमा खटिएका प्रहरी कर्मचारीहरु सबै फिर्ता भएका छन्। निर्वाचन प्रयोजनका लागि प्रहरी प्रधानकार्यालयको आदेशले खटिएका कर्मचारीलाई तुरुन्तै फिर्ता गर्न आदेश जारी भएपछि आजसम्ममा सबै प्रहरी कर्मचारीहरु आफ्नो-आफ्नो कार्यालयमा फिर्ता भएका हुन्।
प्रहरी प्रधान कार्यालय (प्रशासन शाखा) को आदेशले स्थानीय निर्वाचन सुरक्षाको लागि विभिन्न प्रदेश प्रहरी कार्यालय अन्तर्गतमा खटिएका सम्पुर्ण प्रहरी कर्मचारीलाई वैशाख ३१ गते नै फिर्ताका लागि पत्रचार गरिएको थियो।
सो पत्र अनुसार टाढा टाढा खटिएका कर्मचारीहरु आज (वैशाख-३) सबै फिर्ता भएका हुन्। ‘सम्बन्धित कार्यालयमा फिर्ता पठाउन सर्कुलर जारी गरिएको छ उनीहरु आजसम्म हाजिर भैसक्नेछन्’, प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले भने।
साथै पुनः निर्वाचन तथा मतगणना र निर्वाचनको अन्तिम परिमाण, विजेता घोषणा तथा विजयी र्याली नसकिदासम्म सम्पूर्ण सुरक्षा व्यवस्थाका लागि सम्बन्धित जिल्ला र प्रदेश अन्तर्गतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई परिचालन गरिएको छ ।
सम्बन्धित खबर
पूर्वसशस्त्र प्रहरी जवान मृत फेला, हत्या आशङ्कामा दुई जना भारतीय पक्राउ
यी स्थानमा बदली र वर्षाको सम्भावना
‘हामीसँग कुरा गर्न मेयर बालेन होइन, एक नगर प्रहरी आएका थिए’
नागरिकता विधेयकको प्रमाणीकरण गर्ने अवसर पाउनु मेरा लागि अविस्मरणीय: राष्ट्रपति
नेपाल-चीनबीच १३ बुँदे सम्झाैता र समझदारी पत्रमा हस्ताक्षर
मेयर बालेनको प्रश्न-‘संवादमा बोलाउँदा अभियन्ताहरू आएनन्, वार्ता उहाँका नेतासँग गर्नुपर्ने हो ?’
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि