काठमाण्डौ। यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ । विभागले बुधबारदेखि लागु हुने गरी ५.१ प्रतिशतसम्म भाडा वृद्धि गरेको हो ।
विभागका अनुसार यात्रुवाहक सवारी साधनको मल्य ३.५ प्रतिशत बढाइएको छ । साथै, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ४.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ५.१ प्रतिशतले बढाइएको छ ।
सार्वजनिक यातायातको भाडा समायोजन गर्दा इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा विभागले वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा भाडा व्यवस्था छ ।