महोत्तरी । बर्दिबास नगरपालिकाको महोत्तरी–८ मा पनि मतगणना सकिएसँगै वडाध्यक्षमा निर्वाचित भएका उम्मेदवारले कार्यकर्ता तथा स्थानीयसँग खुसी साटे अनि घर गए । ७ मतले मात्रै उनले जितेका थिए । उनी हुन् नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार समसेर सिंह लामा।
तर, उनको खुसी र परिचय थपिएको केही समयमै उनलाई निराशा बनाउने खबर आयो, ‘सरस्वती आधारभूत विद्यालयको मतदान केन्द्रको एउटा मतपेटिका छुटेको रहेछ, फेरि मतगणना गर्नुपर्ने भयो ।’
यो खबर बिहीबार निर्वाचन कार्यालय, महोत्तरीले गरेको थियो । वडाध्यक्षमा निर्वाचित भइसकेका सिंह सपना कि विपना छुटाउन सकेनन् । नपत्याउ निर्वाचन कार्यालयबाट फोन आएको छ । पत्याउ निर्वाचित भइसकेको घोषणा गरेपछि ‘कहाँ त्यस्तो हुन्छ ?’
तर, तीन वटा मतदान केन्द्रमध्ये आधारभूत विद्यालयको एउटा बाक्स भेटिए पछि मतगणना गरेर निर्वाचित छिनोफानो गर्नु नै पर्ने भयो । यस घटनाले आश्चर्य त बनायो नै तर त्योभन्दा बढी निर्वाचन कार्यालयको गैरजिम्मेवारी छ्यांगै देखियो ।
वडाध्यक्षमा विजयी भएका समसेरले ७५१ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुद्रबहादुर किङरिङ मगरले ७४४ मत ल्याएका थिए । अब गणना हुने मतले को जित्छ वा हार्छ त्यो नतिजा आउन बाँकी छ ।
सम्बन्धित खबर
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
एमाले अध्यक्ष ओलीले नरूचाएको प्रतिवेदनको पूर्णपाठ बाहिरियो (पूर्णपाठसहित)
गृह मन्त्रालयमा गरिमाका आमाबुबाको भिडियो खिचिएको रास्वपा महामन्त्रीकै आपत्ति
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो