वडाध्यक्षमा ७ मतान्तरले जितेर खुशीयाली साट्दै घर पुग्दा ‘एउटा मतपेटिका गन्न छुटेकाे’ खबर आएपछि…

वडाध्यक्षमा ७ मतान्तरले जितेर खुशीयाली साट्दै घर पुग्दा ‘एउटा मतपेटिका गन्न छुटेकाे’ खबर आएपछि…

samser lama

महोत्तरी । बर्दिबास नगरपालिकाको महोत्तरी–८ मा पनि मतगणना सकिएसँगै वडाध्यक्षमा निर्वाचित भएका उम्मेदवारले कार्यकर्ता तथा स्थानीयसँग खुसी साटे अनि घर गए । ७ मतले मात्रै उनले जितेका थिए । उनी हुन् नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार समसेर सिंह लामा।

तर, उनको खुसी र परिचय थपिएको केही समयमै उनलाई निराशा बनाउने खबर आयो, ‘सरस्वती आधारभूत विद्यालयको मतदान केन्द्रको एउटा मतपेटिका छुटेको रहेछ, फेरि मतगणना गर्नुपर्ने भयो ।’

यो खबर बिहीबार निर्वाचन कार्यालय, महोत्तरीले गरेको थियो । वडाध्यक्षमा निर्वाचित भइसकेका सिंह सपना कि विपना छुटाउन सकेनन् । नपत्याउ निर्वाचन कार्यालयबाट फोन आएको छ । पत्याउ निर्वाचित भइसकेको घोषणा गरेपछि ‘कहाँ त्यस्तो हुन्छ ?’

तर, तीन वटा मतदान केन्द्रमध्ये आधारभूत विद्यालयको एउटा बाक्स भेटिए पछि मतगणना गरेर निर्वाचित छिनोफानो गर्नु नै पर्ने भयो । यस घटनाले आश्चर्य त बनायो नै तर त्योभन्दा बढी निर्वाचन कार्यालयको गैरजिम्मेवारी छ्यांगै देखियो ।

वडाध्यक्षमा विजयी भएका समसेरले ७५१ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुद्रबहादुर किङरिङ मगरले ७४४ मत ल्याएका थिए । अब गणना हुने मतले को जित्छ वा हार्छ त्यो नतिजा आउन बाँकी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ