कक्षा ११ को ग्रेड वृद्धि एवं आंशिक परीक्षाको समयतालिका सार्वजनिक

कक्षा ११ को ग्रेड वृद्धि एवं आंशिक परीक्षाको समयतालिका सार्वजनिक

neb

काठमाडौं । कक्षा ११ को ग्रेड वृद्धि एवं आंशिक परीक्षाको समयतालिका सार्वजनिक भएको छ।

यही जेठ २९ गतेदेखि सञ्चालन हुन लागेको कक्षा ११ को साधारण (संगीत, ललितकला र संस्कृत विषय समूहसमेत) तथा प्राविधिक समूह तर्फका ग्रेड वृद्धि एवं आंशिक परीक्षाको समयतालिका सार्वजनिक भएको हो।

बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को व्यवस्था नहुने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

विद्यार्थीले परीक्षा नियन्त्रण गर्न नपाइने र परीक्षामा सहभागी हुने परीक्षार्थीहरूको परीक्षा केन्द्र विद्यार्थी संख्याको आधारमा एउटा जिल्लामा न्यूनतम एक केन्द्र हुने गरी कायम गरिने उल्लेख गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ