सरकारले कृषियोग्य जमिन तीन वर्षसम्म बाँझो राखेमा एक लाख रुपैयाँ जरिवाना गर्ने भएको छ ।
गत जेठ ९ गते मन्त्रिपरिषद्बाट पारित भएको भूउपयोग नियमावलीमा कृषि क्षेत्रमा वर्गीकृत जमिन लगातार ३ वर्षसम्म बाँझो राखेमा १ लाख रुपैयाँ जरिवाना गर्ने व्यवस्था गरेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले बताइन् ।
उनका अनुसार काबु बाहिरको परिस्थिति बाहेक कृषि क्षेत्रमा वर्गीकृत जमिन लगातार तीन वर्षसम्म बाँझो राखेमा कसुर गरेको मानिने र सो बापत १ लाख रुपैयाँसम्म जरिवाना हुने जानकारी दिइन् । साथै खेतीयोग्य जमिनलाई घडेरीको रुपमा विकास गर्न नपाइने सम्बन्धी व्यवस्था पनि नियमावलीमा गरिएको छ ।
भूउपयोग नियमावली आइसकेपछि जग्गा खण्डीकरण नियन्त्रण तथा कित्ताकाँट गर्ने कार्यलाई नियमन गर्न आवश्यक आधार र मापदण्ड तयार गर्ने र कृषि भूमिमा यान्त्रीकरण गर्न कित्ता जग्गा एकीकरण गरी चक्लाबन्दी कार्यक्रम गर्न सक्ने मन्त्री श्रेष्ठको भनाइ छ ।
उनका अनुसार नदीको प्राकृतिक वहाव परिवर्तन हुने गरी भूमिको उपयोग गरेमा पनि १ लाख रुपैयाँको जरिवानाको व्यवस्था गरेको छ ।
सम्बन्धित खबर
पूर्वसशस्त्र प्रहरी जवान मृत फेला, हत्या आशङ्कामा दुई जना भारतीय पक्राउ
यी स्थानमा बदली र वर्षाको सम्भावना
‘हामीसँग कुरा गर्न मेयर बालेन होइन, एक नगर प्रहरी आएका थिए’
नागरिकता विधेयकको प्रमाणीकरण गर्ने अवसर पाउनु मेरा लागि अविस्मरणीय: राष्ट्रपति
नेपाल-चीनबीच १३ बुँदे सम्झाैता र समझदारी पत्रमा हस्ताक्षर
मेयर बालेनको प्रश्न-‘संवादमा बोलाउँदा अभियन्ताहरू आएनन्, वार्ता उहाँका नेतासँग गर्नुपर्ने हो ?’
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि