चीनमा ६.१ रेक्टरको भूकम्प जाँदा ४ जनाको मृत्यु

चीनमा ६.१ रेक्टरको भूकम्प जाँदा ४ जनाको मृत्यु

china-earthquake

काठमाडौं । चीनमा भूकम्पमा परी चार जनाको मृत्यु भएको छ।

दक्षिणपश्चिम सिचुआन प्रान्तको याआन सहरमा बिहीबार गएको ६.१ म्याग्निच्युडको भूकम्पमा परी अन्य ४० भन्दा बढी घाइते भएका छन्।

घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ। तीमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ।

भूकम्पबाट याआनमा १३ हजार ८१ जना प्रभावित भएका छन्। उक्त भूकम्पको केन्द्रबिन्दु १७ किलोमिटर गहिराईमा मापन गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ