रुपन्देहीको रोहिणी खोलामा रात्रिबस खस्दा ९ जनाको मृत्यु, २३ जना घाइते

रुपन्देहीको रोहिणी खोलामा रात्रिबस खस्दा ९ जनाको मृत्यु, २३ जना घाइते

road-accident-1597561408

रुपन्देही । रुपन्देहीको रोहिणी पुलबाट यात्रुबाहक बस खोलामा खस्दा नौ जनाको मृत्यु भएको छ। दुर्घटनामा २३ जना घाइते भएका छन्।

जनकपुरबाट भैरहवाका लागि छुटेको लु २ ख ३८४१ नम्बरको बस आइतबार बिहान साढे ४ बजे परासी–भैरहवा सडकखण्डमा पर्ने उक्त पुलबाट खसेको हो।

बसमा ३२ जना यात्रु रहेका थिए।

घटनामा ८ जना पुरुष र एक महिलाको मृत्यु भएको र अन्य यात्रु घाइते भएको रुपन्देही प्रहरीले जनाएको छ।

घाइते भएका मध्ये ५ जनाको भैरहवाको युनिभर्सल मेडिकल कलेजमा र ४ जनाको भैरहवाकै भीम अस्पतालमा मृत्यु भएको हो। घाइतेहरुको युनिभर्सल मेडिकल कलेजमा उपचार भईरहेको छ।

दुर्घटनाको कारण खुल्न नसके पनि घुम्ती सडकमा पुल रहेकाले बस खसेको अनुमान गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ