काठमाण्डौ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले सरकारमा सहभागी मन्त्रीहरू हेरेफेर गर्ने भएको छ। एकीकृत समाजवादीको सचिवालय बैठकले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको हो।
बैठकले सरकारमा सहभागी भएका आफ्ना पार्टीका मन्त्री फिर्ता बाेलाउँदै नयाँ सदस्यको नाम प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पठाएकाे छ । जानकारी अनुसार नेपालले हिराचन्द्र केसी, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरकाे सिफारिस गरिएको छ।
यसअघि पार्टीकाे सचिवालय बैठकले ६ महिना पुगेका पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।
नयाँ मन्त्री हेरफेरको विषयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रीहरू फेरिनु नियमित प्रक्रिया भएको प्रतिक्रिया दिएका छन्।
आज पार्टी केन्द्रीय कार्यालयबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले मन्त्री फेरिनु नियमित प्रक्रिया भएको बताएका हुन्।
सम्बन्धित खबर
देउता चढेको भन्दै खुकुरी प्रहार गर्दा १ जनाको मृत्यु, २ गम्भीर घाइते
भारतमा बेचिएका दुई किशोरीको उद्धार
काठमाडौँका सतुङ्गल र चाबहिलमा आगलागी, एक करोड रुपैयाँ बराबरको क्षति
यी स्थानमा भारी वर्षाको सम्भावना
पारस खड्का क्यानको सचिवमा निर्वाचित, अध्यक्षमा चतुर निर्विरोध
पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप असोज १० गतेसम्म
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि