युक्रेनमा जारी युद्धमा ३०० बालबालिकासहित १० हजार बढी नागरिकको मृत्यु

युक्रेनमा जारी युद्धमा ३०० बालबालिकासहित १० हजार बढी नागरिकको मृत्यु

ukraine_kherson

काठमाडौं । युक्रेनमा जारी युद्धमा १० हजार भन्दा धेरै नागरिक मारिएको संयुक्त राष्ट्र संघ (यूएन) ले दाबी गरेको छ।

राष्ट्रसंघले हालै एक प्रतिवेदन प्रकाशित गरेर रुस र युक्रेनबीच भइरहेको युद्धमा मृत्यु हुनेमा सयौं बालबालिकाको संख्या रहेको उल्लेख गरेको हो।

प्रतिवेदन अनुसार युक्रेनको राजधानी किभमा यही जुन १६ तारिखको मध्यरातमा मात्रै करिब ४ हजार ५ सय ९ जना नागरिकको मृत्यु भएको थियो भने पाँच हजार ५ सय ८५ जना घाइते भएका थिए।

जसमध्ये मृत्यु हुनेमा २ सय ९४ बालबालिका रहेको राष्ट्र संघले जनाएको छ। अधिकांश नागरिकको युद्ध प्रभावित क्षेत्रमा भएको विस्फोटमा परेर मृत्यु भएको जनाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ