काठमाडौं । वायु सेवा सञ्चालक संघले बुधबारदेखि आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने निर्णय फिर्ता लिएको छ।
सरकारले अत्यावश्यक सेवा ऐन अन्तर्गत पक्राउ गरी कारबाही गर्ने तथा इजाजत नै खारेज गर्नेसम्मको तयारी गरेपछि संघले आफ्नो निर्णय फिर्ता लिएको हो।
हवाई सेवा कम्पनीहरुले आज बिहान ११ बजेबाट उडान नियमित गर्ने तथा सरकारसँग वार्ता पनि जारी राख्ने जानकारी दिएका छन्।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिडभाड बढेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानको आधार विमानस्थल (जहाँबाट बिहान पहिलो उडान हुन्छ)मै रात्रीकालीन विसान (पार्किङ) गर्ने व्यवस्था गर्न सर्कुलर जारी गरेको थियो। सर्कुलर अनुसार हेलिकप्टर कम्पनीले असार ७ गतेदेखि र हवाईजहाज सञ्चालक कम्पनीहरुले असार १३ गतेदेखि तोकिएको आधार विमानस्थलमा रात्री विसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्नुपर्ने थियो। यो सर्कुलरका कारण ३५ वटा जहाजलाई रात्रीकालीन विसानका लागि उपत्यका बाहिर जानुपर्ने थियो। यसको विरोधमा नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि उद्धार र आपतकालीनसहित सबै प्रकारका उडान रोक्ने घोषणा गरेको थियो।
सम्बन्धित न्युजः
बुधबारदेखि हवाई सेवा बन्द गर्ने वायुसेवा सञ्चालक संघको घोषणा
सम्बन्धित खबर
अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, २७ जना घाइते
सीमा बचाउन नसक्ने सरकारले सेनाको दुरुपयोग गरेर गरीव जनतामा आतंक मच्चायो: हर्क साम्पाङ
संसद् बैठकमा प्रधानमन्त्री अनुपस्थित
विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको अल्पकालीन आदेश
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरिँदै
राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृहकार्य
यो पनि पढौँ
प्रतिभाका पाँच विद्यार्थीले ल्याए उच्चतम् ४ जीपीए
शान्ति निकेतनका तीन विद्यार्थीको ४ जीपीए
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृहकार्य