काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले देशको अर्थतन्त्र टाट पल्टिएको घोषणा गरेका छन्।
प्रधानमन्त्री विक्रमासिंघेले संसदलाई सम्बोधन गर्दै देशको अर्थतन्त्र पूर्ण रुपमा टाट पल्टिएको घोषणा गरेका हुन्।
देश बाहिरबाट कुनै पनि सामग्री खरिद गर्न नसक्ने अवस्थामा पुगेको र विदेशी ऋणको ब्याज भुक्तानी गर्ने अवस्था पनि नरहेको प्रधानमन्त्री विक्रमासिंघेले बताएका छन्।
श्रीलंकाले केही महिनादेखि आर्थिक संकट खेपिरहेको छ । विदेशी मुद्राको अभावमा आयात गर्न नसक्दा श्रीलङ्कामा इन्धन, औषधि, खाद्यान्न लगायत अत्यावश्यक सामग्रीको चरम अभाव छ । दैनिक उपभोग्य वस्तु खरिदका लागि घण्टौं लाइन बस्नुपर्ने र अकासिएको मुल्यका कारण जनजीवन कष्टकर बनेको छ । श्रीलंकामा खानेकुराको मूल्य अघिल्लो वर्षको तुलनामा कम्तीमा ५७ प्रतिशतसम्म बढेको छ।
प्रधानमन्त्री विक्रमासिंघेले देशको अर्थतन्त्र सुधार्नका लागि अन्तर्राष्ट्रिय मुद्राकोषलगायत साझेदार संस्थासँग सहयोगको प्रस्ताव गरेको बताएका छन्।
सम्बन्धित खबर
पाकिस्तानमा मस्जिद बाहिर दुईपटक बम विस्फोट, ५२ जनाको मृत्यु
चीनको एक कोइला खानीमा आगलागी हुँदा १६ जनाको मृत्यु
आज विश्व शान्ति दिवस मनाइँदै
भारतमा भेटियो निपाह भाइरस, केरलामा पाँच दिन स्कुल बन्द
डिभी परेर अमेरिका गएका आशिष कोठामै मृत भेटिए
हृदयघातका कारण भारतमा एक नेपालीको मृत्यु
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि