फिलिपिन्समा १६५ यात्रु सवार डुंगामा आगलागी

फिलिपिन्समा १६५ यात्रु सवार डुंगामा आगलागी

ship

काठमाडौं । फिलिपिन्समा १६५ यात्रु सवार एउटा डुंगामा आगलागी भएको छ।

उद्धारकर्ताहरूले दुई जनाबाहेक सबैलाई सुरक्षित स्थानमा ल्याइसकेको बताएका छन्।

आगलागीमा एक जनाको मृत्यु भएको र अर्का एक जना हराइरहेका फिलिपिन्सको तटीय गार्डले जनाएको छ।

मामा मेरी–क्लो नाम गरेको उक्त डुंगा बोहोल र लेयट टापुहरूको बीचमा यात्रा गर्दै थियो। फेसबुकमा कोस्ट गार्डले सार्वजनिक गरेको एउटा भिडियोमा उद्धारपछि यात्रुहरु नदी किनारमा बसेको देखिएको छ।

१५७ यात्रु र आठ चालकदलसहितको उक्त डुंगा उबेबाट बोहोलतर्फ बढिरहेको थियो। आगो लागेपछि यात्रुहरू डुंगाबाट हाम फालेका थिए । आगलागीको कारण खुलेको छैन।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ