लन्डनबाट एक नेपाली बेपत्ता

लन्डनबाट एक नेपाली बेपत्ता

Bepatta

काठमाडौं । लन्डनको हेजबाट एक नेपाली बेपत्ता भएको यहाँको स्थानीय प्रहरीले जनाएको छ।

लामो समयदेखि लन्डनमा बस्दै आइरहेका २४ वर्षीय रिदम पोखरेल गत मे २९ देखि बेपत्ता भएको र करिब एक महिना हुन लाग्दा पनि नभेटिएको हिलिन्डन प्रहरीले बताएको छ।

स्थानीय प्रहरीले सर्वसाधारणलाई उनको खोजीका लागि सहयोग गरिदिन आग्रहसहित सूचना सम्प्रेषण गरेको छ। उनी पछिल्लो पटक बेलायतको डोबर भन्ने ठाउँमा देखिएका थिए। त्यसैकारण डोबर हेर्ने केन्ट प्रहरी शाखाले पनि छुट्टै सूचना जारी गरी खोजीमा सघाउन भनेको छ।

उनका बारेमा कुनै जानकारी भए रिफरेन्स १०४÷२१ जुलाई उल्लेख गरी १०१ मा प्रहरीलाई खबर गर्न भनिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ