रिसोर्टमा सँगै बसेकी युवतीलाई बलात्कार गरेकाे आरोपमा युवक पक्राउ

रिसोर्टमा सँगै बसेकी युवतीलाई बलात्कार गरेकाे आरोपमा युवक पक्राउ

raper1

भक्तपुरस्थित एक रिसोर्टमा सँगै बसेकी युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले सूर्यविनायक नगरपालिका-२, बालकोटका २५ वर्षीय मनिष खत्रीलाई रिसोर्टमा सँगै बसेकी २२ वर्षीय युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।

मनिष र ती युवती सोमबार साँझ सूर्यविनायक नगरपालिका-९, बाँसघारीस्थित रुहोसा रिसोर्टमा बसेका थिए । तर, युवतीले मंगलबार बिहान ४ : १५ बजे आफूलाई मनिषले जबर्जस्ती करणी गरेको भन्दै प्रहरीलाई फोन गरेकी थिइन् । युवतीको उजुरीका आधारमा प्रहरीले मनिषलाई पक्राउ गरेको हो ।

रिसोर्टमा समझदारीमै सँगै बसेकी युवतीलाई मनिषले जबर्जस्ती करणी गरेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds