दक्षिण कोरियामा १३ जना नेपाली पक्राउ

दक्षिण कोरियामा १३ जना नेपाली पक्राउ

South Korea Flag

काठमाडौं । दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ परेका छन्। दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा नेपालीहरु पक्राउ परेका हुन्।

पक्राउ परेका नेपालीहरुको नाम ठेगाना भने खुलेको छैन। ती सबै नेपालीहरुलाई नेपाल फर्काउने योजना बनाइएको सुवन अध्यागमन कार्यालयले जनाएको छ।

अध्यागमन अधिकारीका अनुसार ४ जना नेपालीहरु कृषि तथा माछा पालन मौसमी कामको रुपमा प्रवेश गरी ठेक्का अवधि नपुग्दै गैर–कानूनी रुपमा अर्को ठाउँमा काम गरिरहेको बेला पक्राउ परेका छन्।

अन्य नौ जना भने भिसा अवधि सकिएपछि पनि दक्षिण कोरिया नछाडेका कारण पक्राउ परेका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ