राउटे समुदायकी दुई युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा दुई जनालाई अदालतले सात वर्ष कैद र जनही दुई लाख जरिवाना तोकेको छ ।
बिहीबार सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने चौमन घर्ती मगर र भुपेन्द्र बुढा मगरलाई सात/सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको हो ।
उनीहरूले पीडित कोषमा जनही ८ हजार रुपैयाँ जम्मा गर्नुपर्ने छ । जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्वल रावलका अनुसार युवतीमाथि यौन दुर्व्यवहार गरिएको होटलका सञ्चालक मनबहादुर पुनलाई ३ वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएको छ ।
होटल सञ्चालक पुनले कैदसँगै १ लाख रुपैयाँ जरिवानासहित ४ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने छ । जेल सजाय र जरिवाना तोकिएका तीनै जनालाई २०७८ असार १६ गते पुर्पक्षका लागि जेल चलान गरिएको थियो ।
मनबहादुरले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा जेठ २१ गते राति ९ बजे राउटे युवतीमाथि यौन हिंसा भएको थियो । राउटे युवतीलाई मदिरा खुवाएर यौन हिंसा गरेको भिडियो सार्वजनिक भएपछि २०७८ जेठ २३ गते प्रहरीले उनीहरूलाई प्रक्राउ गरेको थियो ।
सम्बन्धित खबर
सर्वोच्चले सोध्यो : ‘बाबुराम भट्टराई र माधव नेपालमाथि किन मुद्दा चलाइएन ?’
नेपाल-चीनबीच १३ बुँदे सम्झाैता र समझदारी पत्रमा हस्ताक्षर
मेयर बालेनको प्रश्न-‘संवादमा बोलाउँदा अभियन्ताहरू आएनन्, वार्ता उहाँका नेतासँग गर्नुपर्ने हो ?’
भारत–क्यानडा विवाद, भारतले भिसा सेन्टर नै बन्द गर्याे
मोटरसाइकल चढेर पैदलयात्रीको सिक्री तान्ने ४ जना पक्राउ
मादक पदार्थ सेवन गरी दुई युवा समूह बीच झडप, एकको मृत्यु, ८ पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि