कार दुर्घटना हुँदा पूर्वमन्त्री कृपासुर शेर्पासहित चार जना घाइते

कार दुर्घटना हुँदा पूर्वमन्त्री कृपासुर शेर्पासहित चार जना घाइते

accidentt durghatana

काठमाडौं । सिन्धुलीमा पूर्वमन्त्री एवं नेकपा एमालेका नेता कृपासुर शेर्पा सवार कार दुर्घटनामा परेको छ।

शुक्रबार कमलामाई नगरपालिका–१४, चन्दनपुरमा उनी सवार बा २ च ९००३ नं. को कार दुर्घटना हुँदा शेर्पासहित चार जना घाइते भएका छन्।

तिव्र गतिका कारण कार अनियन्त्रित भएर दुर्घटना हुँदा उनीसहित आदिवासी जनजाति महासंघका महासचिव पेम्बा गुरुङ, केन्द्रीय उपमहासचिव देवराज राई र ५० वर्षीय गणेश थापा घाइते भएका हुन्।

तीनजनाको अवस्था गम्भीर छ। पूर्वमन्त्री शेर्पाको चाहिँ बाहिरी चोट नदेखिएको प्रहरीले जनाएको छ।

चारैजनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ ।

उनीहरु आदिवासी जनजाति महासंघ प्रदेश १ को विस्तारित बैठकमा जाँदै गर्दा दुर्घटनामा परेका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ