पोखरा। पोखरा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशद्वारा सञ्चालित “कञ्चन पत्रकारिता पुरस्कार–२०७९”का लागि प्रतिभा छनौट समिति गठन गरिएको छ।
समाजसेवी एवं व्यवसायी विमलमान गुभाजू र उनको परिवारद्वारा बुुबा स्व. वेदमान गुुभाजू र आमा स्व. नेत्रकुमारी गुभाजूको पुण्य स्मृतिमा स्थापित सो पुरस्कारका लागि नेपाल बार एशोसिएसनका पूर्व उपाध्यक्ष अधिवक्ता सुरेन्द्र थापामगरको संयोजकत्वमा पाँच सदस्यीय छनौट समिति गठन गरिएको हो।
पोखरा–२५, सुुइखेतस्थित सुइखेत रिभर भ्याली रिसोर्टमा शनिबार सम्पन्नफोनिज, गण्डकी प्रदेशको बैठकले छनौट समिति गठन गर्ने निर्णय गरेको महासचिव धनबहादुर गुरुङ (सुमन)ले जानकारी दिए। छनौट समितिका सदस्यहरूमा शान्ति गुरुङ, एमबी आस्था मगर, अध्यक्ष रूद्रबहादुर श्रीसमगर र महासचिव धनबहादुर गुरुङ (सुमन) रहेका छन्। सो पुरस्कार आगामी साउन २७ गते फोनिजको २२ औं स्थापना दिवसका अवसरमा गण्डकी प्रदेश कार्यक्षेत्र भएका दुई जना आदिवासी जनजाति पत्रकारलाई जनही २५ हजार नगदसहित प्रदान गरिने जनाइएको छ। यस पुरस्कारबाट यसअघि, रूद्रबहादुर थापामगर, राजेशचन्द्र राजभण्डारी, शान्ति गुरुङ र केबी रानामगर पुरस्कृत भइसकेका छन्।
यसैबीच, बैठकले फोनिजको २२ औं स्थापना दिवसका अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ। प्रतियोगिता सम्पन्न गर्न सचिव सुशान्त गाहामगरलाई संयोजकको जिम्मेवारी तोकिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकी र सञ्चारिका समूह, गण्डकीसँग फोनिज, गण्डकी प्रदेशले मैत्रीपूर्ण फुटसल प्रतियोगिता सञ्चालन गर्ने भएको हो। त्यसैगरी, फोनिज, गण्डकीले स्थापना दिवसको अवसरमा लेखनवृत्ति प्रतियोगिता समेत आयोजना गर्ने निर्णय गरेको छ। लेखनवृत्तिको लागि पत्रकार हुमबहादुर गुरुङको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति गठन गरिएको छ।
फोनिज, गण्डकी प्रदेशका अध्यक्ष रूद्रबहादुर श्रीसमगरको अध्यक्षतामा भएको बैठकमा फोनिज, गण्डकी प्रदेशका निवर्तमान इञ्चार्ज हुमबहादुर गुरुङ, संस्थापक अध्यक्ष एमबी आस्था मगर, पुरस्कारका संस्थापक विमलमान गुभाजूले विभिन्न सुझाव दिएका थिए।
सम्बन्धित खबर
जोर्ज जोनको ९५ औं जन्मदिनमा पोखरा वृद्धाश्रममा भोजनदान
कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न, ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
पोउवा संघको ७२ वर्षे इतिहासमा पहिलो महिला नेतृत्व, अध्यक्षमा शोभा गौतम निर्वाचित
भोटेकोशी बाढीपछि सम्पर्कविहीन आठ जनाका परिवारबाट डीएनए नमुना
अवैध रूपमा कंक्रिट ओसारपसार गर्ने टिप्परलाई २५ हजार जरिवाना
एन प्याब्सन कास्कीको अध्यक्षमा मनकाजी निर्विरोध
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी