काठमाडौं । श्रीलंकाको राजधानी कोलम्बोमा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको छ। ८४ जना घाइते भएका छन्।
प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेपछि सास फेर्न गाह्रो भएर एक २६ वर्षीय युवकको मृत्यु भएको हो।श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेपछि प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई कार्यबाहक राष्ट्रपति नियुक्त गरिएपछि उनको राजीनामा दिन माग गर्दै थप प्रदर्शन चर्किएको हो।
कोलम्बोमा प्रधानमन्त्रीको कार्यालयको गेट तोड्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको थियो। झडपका क्रममा केही सैनिक र प्रहरी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
प्रदर्शनकारीले कब्जा जमाएर बसेको सरकारी भवनहरू फिर्ता लिन सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
राष्ट्रपति भवन, संसद भवन र प्रधानमन्त्री कार्यालयजस्ता सरकारी संस्थान प्रदर्शनकारीबाट छुटाउन सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो।
यसैबीच, श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षे माल्दिभ्सबाट सिंगापुर गएको खबरमा उल्लेख छ।
सम्बन्धित खबर
चीनको एक कोइला खानीमा आगलागी हुँदा १६ जनाको मृत्यु
आज विश्व शान्ति दिवस मनाइँदै
भारतमा भेटियो निपाह भाइरस, केरलामा पाँच दिन स्कुल बन्द
डिभी परेर अमेरिका गएका आशिष कोठामै मृत भेटिए
हृदयघातका कारण भारतमा एक नेपालीको मृत्यु
मोरक्को भूकम्प : मृत्यु हुनेको संख्या २ हजार ६ सय ८१ जना पुग्यो
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि