पाल्पा । पाल्पाको लघुवामा भएको बस दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत भएको छ।
बाग्लुङको बुर्तिवाङबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा आइतबार दिउँसो दुर्घटना हुँदा तीन महिला र तीन पुरुष गरी ६ जनाको मृत्यु भएको थियो।
मृत्यु हुनेहरुमा गुल्मी चन्द्रकोट– ८ का १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट– ४ का ४० वर्षीय लालबहादुर राना, रुपन्देही देवदह ७ की दिलकुमारी कामी, कपिलवस्तु वाणगंगा–२ का ४५ वर्षीय यमबहादुर सोमै, नवलपरासी वर्दघाटकी २४ वर्षीया पूर्णिमा कामी र बागलुङ बडिगाडकी ५५ वर्षीया ओमकला थापा रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
दुर्घटनामा चालक सहित १६ जना घाइते भएका छन्। घाइतेमध्ये म्याग्दीकी सुमित्रा रोका र देवदहका खड्क बहादुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइते हुनेहरुमा बस चालक रुपन्देही कञ्चन गाउँपालिका– ५ का ३३ वर्षीय किसन श्रीस, बाग्लुङ बडीगाड गाउँपालिका– १० का १८ वर्षीय सिजन थापा, रुपन्देहीको बुटवल उपमहानगरपालिका– ११ कालिकानगरका ५५ वर्षीय गोविन्द थापा, गुल्मी चन्द्रकोट गाउँपालिका– ८ मझुवाकी १८ वर्षीया प्रियंका काफ्ले, चन्द्रकोट गाउँपालिका– ८ मझुवाकीकै २१ वर्षीया रचना सुवेदी, सोही ठाउँकै ६ वर्षीया रिया सुवेदी, गुल्मी चन्द्रकोटका ३१ वर्षीय चन्द्रबहादुर कामी पनि घाइते भएका छन्।
अन्य घाइतेहरुमा कपिलबस्तुको वाणगंगा नगरपालिका– २ का ४२ वर्षीय पिताम्बर रेग्मी, गुल्मी सत्यवती गाउँपालिका– ६ खैरेनीका ३५ वर्षीय छविलाल ढकाल, सोही ठाउँकै १५ वर्षीय पुजन ढकाल, बाग्लुङ ढोरपाटन नगरपालिका– १ का ३० वर्षीय टेकलाल रसाइली, रौतहटको बृन्दावन गाउँपालिका– ७ का २८ वर्षीय संजयकुमार ठाकुर, म्याग्दी रुपा गाउँपालिका– ४ की ३९ वर्षीया सुमित्रा रोका, सोही ठाउँकै ४ वर्षीय विश्वास रोका र रुपन्देही देवदह नगरपालिका– ७ का खड्क बहादुर विक छन्।
सबै घाइतेहरुको उपचार पाल्पाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा भइरहेको छ।
विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई जोगाउन खोज्दा बस दुर्घटना भएको चालकले बताएको प्रहरीको भनाइ छ । बस सडकबाट करिब १ सय मिटर तल खसेको थियो।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन