पाल्पा । पाल्पाको लघुवामा भएको बस दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत भएको छ।
बाग्लुङको बुर्तिवाङबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा आइतबार दिउँसो दुर्घटना हुँदा तीन महिला र तीन पुरुष गरी ६ जनाको मृत्यु भएको थियो।
मृत्यु हुनेहरुमा गुल्मी चन्द्रकोट– ८ का १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट– ४ का ४० वर्षीय लालबहादुर राना, रुपन्देही देवदह ७ की दिलकुमारी कामी, कपिलवस्तु वाणगंगा–२ का ४५ वर्षीय यमबहादुर सोमै, नवलपरासी वर्दघाटकी २४ वर्षीया पूर्णिमा कामी र बागलुङ बडिगाडकी ५५ वर्षीया ओमकला थापा रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
दुर्घटनामा चालक सहित १६ जना घाइते भएका छन्। घाइतेमध्ये म्याग्दीकी सुमित्रा रोका र देवदहका खड्क बहादुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइते हुनेहरुमा बस चालक रुपन्देही कञ्चन गाउँपालिका– ५ का ३३ वर्षीय किसन श्रीस, बाग्लुङ बडीगाड गाउँपालिका– १० का १८ वर्षीय सिजन थापा, रुपन्देहीको बुटवल उपमहानगरपालिका– ११ कालिकानगरका ५५ वर्षीय गोविन्द थापा, गुल्मी चन्द्रकोट गाउँपालिका– ८ मझुवाकी १८ वर्षीया प्रियंका काफ्ले, चन्द्रकोट गाउँपालिका– ८ मझुवाकीकै २१ वर्षीया रचना सुवेदी, सोही ठाउँकै ६ वर्षीया रिया सुवेदी, गुल्मी चन्द्रकोटका ३१ वर्षीय चन्द्रबहादुर कामी पनि घाइते भएका छन्।
अन्य घाइतेहरुमा कपिलबस्तुको वाणगंगा नगरपालिका– २ का ४२ वर्षीय पिताम्बर रेग्मी, गुल्मी सत्यवती गाउँपालिका– ६ खैरेनीका ३५ वर्षीय छविलाल ढकाल, सोही ठाउँकै १५ वर्षीय पुजन ढकाल, बाग्लुङ ढोरपाटन नगरपालिका– १ का ३० वर्षीय टेकलाल रसाइली, रौतहटको बृन्दावन गाउँपालिका– ७ का २८ वर्षीय संजयकुमार ठाकुर, म्याग्दी रुपा गाउँपालिका– ४ की ३९ वर्षीया सुमित्रा रोका, सोही ठाउँकै ४ वर्षीय विश्वास रोका र रुपन्देही देवदह नगरपालिका– ७ का खड्क बहादुर विक छन्।
सबै घाइतेहरुको उपचार पाल्पाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा भइरहेको छ।
विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई जोगाउन खोज्दा बस दुर्घटना भएको चालकले बताएको प्रहरीको भनाइ छ । बस सडकबाट करिब १ सय मिटर तल खसेको थियो।
सम्बन्धित खबर
रविन्द्र मिश्रलाई थप पाँच दिन हिरासत राख्न अनुमति
सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा बिक्रीका लागि स्वास्थ्य मन्त्रीको पहल
बेलायत पलायन भइसकेपछि लुम्बिनीकी सांसद गीताले उतैबाट राजीनामा पठाएको खुलासा
केटी साथीको कोठामा गएका युवकको गयो ज्यान
लुम्बिनीकी जनमत पार्टीकी सांसद गीता गुरुङले दिइन् राजीनामा
सीटीईभीटीले एसईईमा प्राप्त गरेको जीपीए अङ्कका आधारमा विद्यार्थी भर्ना गर्ने
यो पनि पढौँ
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
पोखरामा वडाध्यक्षले एकै दिन कर्मचारी र व्यवसायीमाथि हातपात गरेपछि तनाव
कर्मचारी र व्यवसायीलाई हातपात गर्ने पोखराका वडाध्यक्ष पराजुली पक्राउ
पोखरा ४ का वडाध्यक्ष पराजुलीलाई ३ दिन हिरासत राख्न अनुमति