गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा आज (बुधबार) सार्वजनिक गर्ने भएको छ।
मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुहरूमा टुंगो लगाई नतिजा प्रकाशनको अन्तिम काम पुरा गरेको बोर्डले जनाएको छ।
कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।
परीक्षामा चार लाख १४ हजार विद्यार्थी सहभागी भएका थिए।
यसरी हेर्न सकिन्छ नतिजा
एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट पनि थाहा पाउन सकिन्छ । नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिने परीक्षा बोर्डले जनाएको छ।
यसैगरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटबाट पनि नतिजा थाहा पाउन सकिन्छ।
सम्बन्धित खबर
सरकार र राहत शिक्षकबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
यस्तो छ शिक्षकले आन्दोलन रोक्ने गरी सरकारसँग भएको ७ बुँदे सहमति [पूर्णपाठ]
पोखराका पाँच शिक्षाकर्मीलाई राष्ट्रिय शिक्षा पुरस्कार
अब एसईई खारेज गर्ने प्रस्ताव, अन्तिम परीक्षा कक्षा १२ को
प्रतिभा मावि हिसान कास्कीको वक्तृत्वकलामा दुवै विधामा प्रथम, दिपाली र महिमा सर्वोत्कृष्ट
कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस् नतिजा
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल