भारतमा विमान दुर्घटना हुँदा २ जना पाइलटको मृत्यु

भारतमा विमान दुर्घटना हुँदा २ जना पाइलटको मृत्यु

biman-accident

काठमाडौं । भारतीय वायु सेनाको एक विमान राजस्थानमा दुर्घटना हुँदा विमानमा रहेका दुई जना पाइलटको मृत्यु भएको छ।

राजस्थानको बाडमेर क्षेत्रको भिमाड गाउँमा उडान भरिरहेको मिग ट्वेन्टी वान विमान बिहीबार राति स्थानीय समय अनुसार ९ बजेर १० मिनेट जाँदा दुर्घटना भएको हो।

दुर्घटना यति भयानक थियो कि विमानका भग्नावशेषहरु आधा किलोमिटरपरसम्म उछिट्टिएका थिए।

परीक्षण तालिमका क्रममा विमान दुर्घटना भएको भारतीय वायुसेनाले जनाएको छ। तर दुर्घटनाको कारण भने खुलाइएको छैन।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds