पोखरा । आज श्रावण शुक्ल पञ्चमी। नागपञ्चमी पर्व, परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ।
यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ।
श्रावण शुक्ल पञ्चमी तिथिका दिनदेखि वर्षायाम समाप्त भइ हिउँद सुरु भएको समेत मानिन्छ।
ज्योतिष शास्त्रीय मान्यता अनुसार आजको दिन कुनै शुभ तथा माङ्गलिक कार्य गर्न साइत हेर्नुपर्दैन। कुनै पनि घर तथा भवन निर्माण गर्दा भूमिमा नाग देवताको बास भए विधिवत् रुपमा पूजाआजा गरी पन्छाए नागको दोषबाट मुक्त हुने धार्मिक विश्वास छ।
यसैबीच, मिथिलामा आज ‘लगपाँच’ पर्व मनाइँदैछ।
नाग प्रजातिका जीवको पूजाआराधना गरिने यो पर्व हिन्दु मैथिल परम्परामा चाडपर्व प्रारम्भ भएको सूचनाका रूपमा लिइन्छ। मिथिलामा घरमूली गृहिणीले ‘लगपाँच’ का दिन बिहानै स्नान गरेर भित्तामा नागचित्र कोरेर पूजा आराधना गर्दै सर्पले रुचाउने भोजन दूध, लावा (भुटेको धान, जुनेलो) चढाउँछन्।
‘लगपाँच’ लगत्तै राखि अर्थात रक्षाबन्धन, कुशेऔँशी, चौरचन, इन्द्रजात्रा, पितृपक्ष, दशैँ÷तिहार र छठ पर्व आउने हुँदा यो पर्वलाई पूर्वसूचना मान्ने गरिएको छ।
सम्बन्धित खबर
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा युवा उद्यमी किरण केसीको उम्मेदवारी
बालेनलाई रक्षा बमको जवाफ : ‘राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बन्न पाए’
नेपाल एयरलाइन्स मेरो निजी कम्पनी भएको भए म बन्द गरिदिन्थेँ : पर्यटनमन्त्री पौडेल
विमानभित्र उपद्रो गर्ने यात्रुलाई पाइलटले नै पक्राउ गर्न सक्ने, ५ लाखसम्म जरिवाना !
दाउन्नेमा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु
यो पनि पढौँ
फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु
बेगनास तालमा डुबेर युवकको मृत्यु
प्रतिभा बिजनेस स्कुलमा बीआईटीको पहिलो शैक्षिक सत्र सुरू
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य