भारतमा मंकीपक्सबाट पहिलो पटक मृत्यु पुष्टि

भारतमा मंकीपक्सबाट पहिलो पटक मृत्यु पुष्टि

Monkeypox-मङ्कीपक्स

काठमाडौं । भारतमा मंकीपक्सबाट पहिलो पटक मृत्यु भएको पुष्टि भएको छ।

हालै संयुक्त अरब इमिरेट्सबाट भारतको दक्षिणी राज्य केरलामा आएका २२ वर्षीय युवकको मंकीपक्सबाट शनिबार मृत्यु भएको हो।

ती युवकमा सुरुमा विदेशमा परीक्षणका क्रममा मंकीपक्स पोजेटिभ देखिएको र उनको मृत्युपछि परीक्षण गरिएका नमुनाहरूमा पनि भाइरस भेटिएको हो।

संक्रमित व्यक्ति एक सैन्य अधिकारी थिए जसले देशको उत्तर–पूर्वी एक अस्पतालमा रिपोर्ट गरेका थिए।

अस्पतालमा रिपोर्ट गरेको तीन दिनपछि उनको मृत्यु भएको थियो। उनलाई हल्का ज्वरो र रातो बिमिरा आएको थियो।

मंकीपक्सका कारण अफ्रिकाबाहेक यो चौथो मृत्यु हो। यसअघि स्पेनमा २ र ब्राजिलमा १ जना मंकीपक्सका कारण मृत्यु भएको थियो।

विश्वका विभिन्न देशमा मंकीपक्स भाइरस फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले गत महिना यसलाई विश्वव्यापी स्वास्थ्य सङ्कटका रूपमा घोषणा गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ