काठमाडौं । अमेरिकाको पूर्वी राज्य केन्टकीमा भीषण वर्षापछि आएको बाढीका कारण ३७ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कम्तीमा पनि ६ जना बालबालिका रहेका बीबीसीले जनाएको छ।
बाढीमा परेर १ सयभन्दा धेरै बेपत्ता भएका र उनीहरुको खोजी भइरहेको खबरमा उल्लेख छ। कयौँ घर तथा भवनहरु डुबानमा परेका छन्।
त्यहाँका १२ हजारभन्दा बढी घरमा बिजुली बत्तीको आपूर्ति ठप्प भएको छ।
सडक, पुल र अन्य पूर्वाधारमा भएका क्षतिको मर्मत गर्ने काम भइरहेको छ।