अमेरिकामा मंकीपक्स संक्रमण फैलिएपछि स्वास्थ्य आपतकाल घोषणा

अमेरिकामा मंकीपक्स संक्रमण फैलिएपछि स्वास्थ्य आपतकाल घोषणा

Monkeypox-मङ्कीपक्स

काठमाडौं । संयुक्त राज्य अमेरिकाले मंकीपक्स संक्रमण फैलिएपछि स्वास्थ्य आपतकाल घोषणा गरेको छ।

अमेरिकी स्वास्थ्य तथा मानव सेवा सचिव जेभियर बेसेराका अनुसार हाल यो आपतकाल ९० दिनका लागि मात्र लगाइएको हो। मंकीपक्स भाइरससँग प्रभावकारी ढंगबाट जुध्नका निमित्त यसलाई आपतकाल घोषणा गरिएको बेसेराको भनाई छ।

हाल अमेरिकामा मंकीपक्सका ७ हजारभन्दा बढी संक्रमित छन्। जसमध्ये १६ सयभन्दा बढी संक्रमित न्यूयोर्कमा मात्र रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

हाल यो संक्रमण विश्वका ८७ मुलुकमा देखिएको छ भने यसबाट विश्वभरमा २७ हजार भन्दा बढी मानिसहरू संक्रमित भएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ