Gandak News
Our News Your Views
Promote your business here Gandaknews

थप ७८१ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

काठमाण्डौ। पछिल्लो २४ घन्टामा देशभरका थप ७८१ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको कोभिड -१९ सम्बन्धी अपडेट अनुसार ४७१२ जनामा गरिएको परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा देशभरबाट ५११ जना संक्रमणमुक्त भएका छन्। भने सोही अवधिमा २ जनाले ज्यान गुमाएका छन्।

हाल देशभर कोरोना सक्रिय संक्रमितको संख्या ५७७५ रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस