रुकुममा प्रहरीको गाडी दुर्घटनाः एक प्रहरी जवानको मृत्यु, दुई डीएसपीसहित ५ जना घाइते

रुकुममा प्रहरीको गाडी दुर्घटनाः एक प्रहरी जवानको मृत्यु, दुई डीएसपीसहित ५ जना घाइते

police-gadi

रुकुम (पूर्व) । रुकुम (पूर्व) मा नेपाल प्रहरीको गाडी पल्टिँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ । २ जना प्रहरी उपरीक्षकसहित ५ जना घाइते भएका छन्।

पुथा उत्तरगंगा गाउँपालिका –११, सेरामाथिको मोडमा आज बिहान लु १ झ ६६० नम्बरको जीप सडकबाट खस्दा रोल्पा घर भएका प्रहरी जवान लक्ष्मण पुनको घटनास्थलमै मृत्यु भएको हो।

उक्त दुर्घटनामा परेर रुकुमपूर्वका प्रहरी प्रमुख नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगी, सशस्त्र प्रहरी बल रुकुमपूर्व प्रमुख नायब उपरीक्षक (डीएसपी) उपरीक्षक रविन श्रेष्ठ, प्रहरी जवान लक्ष्मण घर्ती, प्रहरी हवल्दार कुमार डाँगी र प्रहरी जवान सन्तोष बुढा घाइते भएका छन्।

उनीहरुलाई हेलिकप्टरमार्फत थप उपचारको लागि बाँकेको कोहलपुर लगिएको छ । नेपाली सेनाको हेलिकप्टरले पहिलो पटक तीन जना र दोस्रो पटक मृतक सहित २ जनालाई उपचारको लागि कोहलपुर लगेको हो।

जीप सडकबाट करिब ८० मिटर तल खसेर दुर्घटना भएको हो। जिल्ला सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र तकसेरा जाने क्रममा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ