काठमाडौं । ‘जसले जे भनोस् तर म काठमाडौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ ! कम्सेकम काम त सुरु गरे ! ’ यो धरानका मेयर हर्क साम्पाङको फेसबुक स्टाटस हो ।
‘हो नि.. ‘तपाईंकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि !’ यो चाहिँ साम्पाङको स्टाटसमा काठमाडौंका मेयर बालेन शाहले गरेको कमेन्ट (प्रतिक्रिया) हो ।
यसरी साँझ हर्क साम्पाङ र बालेन साहको सामाजिक सञ्जालमै जुहारी चल्यो । दुई मेयरबीचको जुहारीमा मजा लिने सामाजिक सञ्जाल प्रयोगकर्ता पनि कम छैनन् ।
साम्पाङको उक्त स्टाटसमा बालेनले कमेन्ट गरेपछि साम्पाङले पुनः अर्को स्टाटस पनि राखेका छन् । जसमा उनले भनेका छन्,‘ देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइँदैन ! मुख बजाउनु छोडेर पाखुरा बजाऊ नालायक हो ! नामले खाएकाहरू हो… तिमेरुको रीस उठोस बेस्सरी ! काम गर काम हावा तालका हो ।’
यहाँ साम्पाङले बालेनलाई नै लक्षित गर्दै ‘मुख बजाउन छोडेर पाखुरा बजाऊ नालायक’ भनेका छन् । जसले फेरी जुहारीको अर्को स्वरूपलाई निम्तो दिने पक्का छ ।
देशका दुई चर्चित स्वतन्त्र मेयरबीचको यो पोस्टमा आएका प्रतिक्रियाहरूमा हर्कलाई धेरैले संयमित हुन र पोस्ट कम गर्न सुझाएका छन् । बालेनको कमेन्टमा भने बहुसङ्ख्यकले ‘साभेज’ भन्दै सहमतिको प्रतिक्रिया दिएका छन् ।


सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन