बाैद्धिक नेताले चिनिएका नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । ७५ वर्षको उमेरमा नेता गिरिको शनिबार राति उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।
घाँटीको क्यान्सरबाट पीडित उनको सोही अस्पतालमा उपचार हुँदै आएको थियो । अस्पतालले राति ९ः ३६ मा निधन भएको पुष्टि गर्दै भनेको छ, ‘उहाँको अहिले राति निधन भएको छ। डाक्टरले मृत घोषणा गर्नुभएको छ । थप कुरा परिवारले भन्नु हुन्छ ।’
काँग्रेसका नेता तथा समाजवादी चिन्तक समेत रहेका गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात् केही महिनाअघि नेपाल फर्किएका थिए। घाँटीको क्यान्सरका बीच केही दिनयता गिरीलाई निमोनियाले समेत च्यापेको थियो । सुरुमा दिल्लीमा गिरिको उपचार भएको थियो भने साउन दोस्रो सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो । गिरिको उपचारमा मेडिसिटीका डाक्टर पंकज वर्मनसहितको टीम खटिँदै आएको थियो ।
सांसद समेत रहेका नेता गिरीको गत ९ साउनमा मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । डा.पंकज बर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्न रहेको थियो । परिवारको आग्रहमा शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको थियो ।
सम्बन्धित खबर
बारामा गोली हानी भारतीय युवकको हत्या
आज विश्व पर्यटन दिवस मनाइँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
सर्वोच्चले सोध्यो : ‘बाबुराम भट्टराई र माधव नेपालमाथि किन मुद्दा चलाइएन ?’
माओवादी स्वास्थ्य विभाग सदस्य डा. दीपक कोइरालाले दिए राजीनामा
घर बनाउने क्रममा ढिस्कोले पुरिँदा १७ वर्षीय किशोरको मृत्यु
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि