नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक राष्ट्रघाती भन्नु बेइमानी हुने बताएका छन्। उनले नेकपा एमालेतर्फ लक्षित गर्दै नागरिकता विधेयकबारे गलत प्रचार गरिरहेको आरोप लगाए।
‘नागरिकता विधेयक राष्ट्रघाती भन्नु बेइमानी र अनैतिक अरू केही हुन सक्दैन,’ चितवनको भरतपुर विमानस्थलमा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले भने, ‘केपी ओली प्रधानमन्त्री हुँदा अध्यादेशका रूपमा जे लगिएको थियो त्यही विधेयकका रूपमा अहिले लगेको हो।’
उनले नागरिकता विधेयकको विरोध गर्नु पाखण्डबाहेक केही हुन नसक्ने बताएका थिए। ‘अध्यादेशका रूपमा ओलीले जे लगेका थिए त्यही विधेयकका रूपमा संसदमा ल्याउँदा राष्ट्रघाती भन्नु बेइमानी र अनैतिकताबाहेक अरू केही हुन सक्दैन,’ उनले भने।
प्रतिनिधि सभाबाट दोस्रोपटक नागरिकता विधेयक पारित भएको थियो। पहिलोपटक नागरिकता विधेयक दुवै सदनबाट पारित गरेर राष्ट्रपतिकहाँ पठाए पनि राष्ट्रपतिले पुन: संसदमै फिर्ता गरेकी थिइन्।
यसैबीच प्रचण्ड वन मन्त्री प्रदीप यादव र भौतिक पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राई लिएर चितवन पुगेका छन्। मन्त्रीहरू सहित प्रचण्ड चितवनको माडी जाने कार्यक्रम छ।
सम्बन्धित खबर
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी
बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानू : प्रहरी
मृत्य हुने पुष्टिको संख्या ६२६ पुग्यो, दुई हजार बढी बेपत्ता
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन