काठमाडौं । भारतको सबै भन्दा अग्ला दुई वटा टावर आगामी आइतबार भत्काईने भएको छ।
राजधानी नयाँदिल्ली नजिकै उत्तर प्रदेशको नोएडामा निजी कम्पनी सुपरटेकले बनाएका ४० तले ट्वीन टावर विष्फोटन मार्फत भत्काउने तयारी गरिएको हो। सर्वोच्च अदालतले भवन आचारसंहिता उल्लंघन गरी निर्माण गरेको ठहर गर्दै भत्काउन आदेश दिएसँगै प्रशासनले भवन भत्काउने सबै व्यवस्था मिलाएको भारतीय संचार माध्यमले जनाएका छन्।
टावर भत्काउन ३७ सय किलो विष्फोटक पदार्थ भवनमा जडान गरिसकिएको छ। एपेक्स र सियान नाम दिइएका ती दुवै टावर करिब १२ सेकेण्डमा ग्राउण्ड जिरोमा ल्याइने छ। घना बस्ती नजिकै यति ठूलो विष्फोट गराउनु निकै चुनौती हुने भएकाले आइतबार टावर भत्काउनुलाई विश्वकै बिरलै घटना भनिएको छ।
यी टावर आसपास बस्ने ७ हजार मानिसलाई आइतबार बिहानसम्म अन्यत्रै सारिने भएको छ। टावर भत्काएको ५ घण्टापछि मात्रै उनीहरुलाई घर फर्कन दिइने भएको छ। त्यसैगरी त्यस क्षेत्रका घरपालुवा जनावर तथा अन्य जीवजन्तुलाई पनि निकै टाढा पुर्याएर राखिने भएको छ। टावर भत्काउदा करिब १ हजार फिट माथिसम्म धुलोको मुश्लो जाने भएकाले विमानस्थल तथा वायुसेनालाई पूर्वसतर्कता अपनाउन भनिएको छ।
टावर भत्काउनका लागि तीन वटा देशका विज्ञ इञ्जिनियरहरुको टिम खटिरहेको छ। भवन भत्काउँदा ४ रेक्टर स्केलको भूकम्प गए बराबरको कम्पन आउने छ। तर पनि टावर भत्काउन पूर्ण रुपमा सुरक्षित हुने वरिष्ठ इञ्जिनियर मयुर मेहताले बताएका छन्।
टावर भत्काउने क्रममा तीन जना विष्फोटक र तीन जना प्रहरीलाई मात्रै त्यस साइटमा उपस्थित हुने अनुमति दिइएको छ। यी दुई टावर भत्काएपछि ३० हजार टन भग्नावशेष थुप्रिने अनुमान गरिएको छ।
सम्बन्धित खबर
दिल्ली पुगेर अर्थमन्त्री वाग्लेले भने: यो वर्षको अन्त्य सम्ममा प्रधानमन्त्री बालेनले भारत भ्रमण गर्नुहुनेछ
नेपाल-बंगलादेशसँग हाम्रो आन्दोलनको तुलना नगर्नुहोस्: दीपके
फ्रान्समा हिंसात्मक प्रदर्शन : १९औँ शताब्दीको ऐतिहासिक टाउन हल ध्वस्त
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
पाकिस्तानको खैबर पख्तुनख्वाका मुख्यमन्त्री हिरासतमा, गभर्नर शासन लागू
अस्ट्रेलियाको भिसामा अझै कडाइ, उतैबाट विद्यार्थीले थप भिसाको आवेदन दिन नपाइने
यो पनि पढौँ
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा पोखराका सुमन पहारीको उम्मेदवारी
स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि मात्रै ३ कर्मचारी पक्राउ
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा बर्खास्त, उपसचिव परियारलाई जिम्मेवारी
दानबहादुर कार्कीलाई सरकारले आइजीपीबाट हटायो, कानुनी जटिलताबाट बच्न नयाँ जिम्मेवारी सुरक्षा सल्लाहकार !