राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुख्य पार्टीका प्रमुख नेताहरूलाई आगामी निर्वाचनबाट बिदाइ गर्न आग्रह गरेका छन् । शनिवार काठमाडौँको खुल्ला मञ्चमा गरेको सो पार्टीको सभामा बोल्दै लामिछानेले एमाले अध्यक्ष केपी ओली, काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आगामी निर्वाचनबाट बिदाइ गर्न आग्रह गरेका हुन् ।
राजनीतिक दलका शीर्ष नेताहरुले विगतमा गरेका योगदानप्रति सम्मान रहेको भन्दै उनले अहिले भने उनीहरुको काम घिनलाग्दो भएको लामिछानेले बताए । उनले अहिलेको जस्तो घिनलाग्दो राजनीति जान्न र सिक्न आवश्यक नभएको बताए ।
उनले बाहरूले आफूलाई राजनीतिक सिक्न भने पनि आफूलाई उनीहरूले भनेजस्तो राजनीति सिक्न आवश्यक नभएको बताए । उनले भने– ‘ती तीन बाहरू केपी बा, देउवा, नानीका बा । पछाडि बा भएकाहरूलाई ससम्मान बिदा गरौँ किनकि अगाडि बा भएकाहरू डोजर लिएर निस्किसके । अब पछाडि बा भएकाहरूलाई स सम्मान बिदा गर्ने बेला भएको छ । मैले यस कारण मैले राजनीति जान्नु भनेको कि राजनीतिका घिनलाग्दा दाउपेच जान्नु छैन भनेको हो ।’
उनले काठमाडौँका मेयर बालेन शाहको प्रशंसा गर्दै जनताको छोरो डोजर लिएर जाँदा कानुनी छिद्र खोजेर काम गर्न नदिने प्रयास भइरहेको बताए । उनले भने–‘जनताको छोरो आज डोजर लिएर निस्किएको छ, कानुनको छिद्र खोजेर न्यायालयसम्म पहुँच भएका मान्छेहरूले २ मिनेट मात्रै समय पाएछन् भने अदालत पुगेर त्यो बेथितिलाई निरन्तरता दिनेछन् । त्यो बुझेको छोरो डोजर लिएर यसै निस्किएको छैन ।’
उनले राजनीतिक दललाई पोस्नुछैन भने एउटा इमानदार कार्यकारीले धेरै काम गर्न सक्ने उनले बताए । उनले राजनीतिक दलका भातृ संगठनहरु राज्य दोहनमा क्रियाशील भएको बताउँदै आफ्नो दलले भातृ संगठन नबनाएको उल्लेख गरे ।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु