मोटरसाइकल र स्कुटर ठोक्किँदा प्रहरी हवल्दारको मृत्यु, तीन जना घाइते

मोटरसाइकल र स्कुटर ठोक्किँदा प्रहरी हवल्दारको मृत्यु, तीन जना घाइते

accident a

काठमाडौं । काठमाडौंमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक प्रहरी हवल्दारको मृत्यु भएको छ।

गोकर्णेश्वर नगरपालिका–६ मा गएराति साढे ११ बजे भएको दुर्घटनामा प्रहरी प्रभाग साँखुमा कार्यरत प्रहरी हवल्दारको मृत्यु भएको हो।

बा ७६ प १३५ नम्बरको स्कुटर र वाग्मती प्रदेश ०२–०१९ प २४७६ नम्बरको मोटरसाइकल ठोक्किँदा स्कुटरका चालक शङ्खरापुर नगरपालिका–५ पालुबारीका ३५ वर्षका प्रहरी हवल्दार बालकुमार कट्वालको मृत्यु प्रहरीले जनाएको छ। उनको अत्तरखेल मेडिकल कलेजमा उपचारमा क्रममा गएराति पौन १२ बजे मृत्यु भएको हो।

उक्त दुर्घटनामा परी तीन जना घाइते भएका छन्।

प्रहरीका अनुसार स्कुटरको पछाडि बस्ने जोरपाटीका ३१ वर्षका सुरेश राई, मोटरसाइकल चालक भक्तपुरका सुमन श्रेष्ठ र मोटरसाइकलको पछाडि बस्ने रोजित गाइजु घाइते भएका हुन्।

गाइजुको नर्भिकमा र अरु दुई जनाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ