कक्षा १२ को रिजल्ट हुँदै, कसरी हेर्ने ?

कक्षा १२ को रिजल्ट हुँदै, कसरी हेर्ने ?

see slc 11 12 +2

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । कुनै प्राविधिक समस्या नआए आज साँझसम्म कक्षा १२ को नतिजा आउनेछ । राष्ट्रिय परीक्षा बोर्डले सम्भव भएसम्म आजै प्रकाशन गर्नेगरी तयारी गरिरहेको जनाएको छ ।

नतिजा नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ । बोर्डको आफ्नै वेबसाइटमा गएर पनि नजिता हेर्न सकिनेछ । https://neb.ntc.net.np/ मा गएर आफ्नो सिम्बल नम्बर र जन्ममिति राखेर हेर्न सकिनेछ ।

त्यस्तै आईभीआर सिस्टम ल्याण्डलाइन र मोबाइलबाट १६०१ डायल गर्दै नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिनेछ ।

त्यसका लागि नतिजा प्रकाशित भएको केही समयपछिबाट मात्रै हेर्न सकिने बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कुनै प्राविधि समस्या नआए आजै नतिजा प्रकाशित गरिने बताए ।

गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी भएका थिए । बोर्डले पहिलो पटक नन–ग्रेडिङ सिस्टम अनुसार नतिजा प्रकाशन गर्न लागेको हो ।

यो पटक पास हुनको लागि प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा बढी अंक ल्याउनै पर्छ । त्यो भन्दा कम अंक ल्याएको खण्डमा पुनः परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ