राष्ट्रपतिले फिर्ता पठाएको विधेयक राष्ट्रिय सभाबाट पनि जस्ताको तस्तै पारित

राष्ट्रपतिले फिर्ता पठाएको विधेयक राष्ट्रिय सभाबाट पनि जस्ताको तस्तै पारित

Rastriya-sabha

काठमाण्डौ।  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी संसद्मा फिर्ता पठाएको नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पुन बहुमतले जस्ताको त्यस्तै पारित भएको छ । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले उक्त विधेयक बहुमतले पारित भएको हो ।

राष्ट्रिय सभाले पुनर्विचारका लागि विधेयक व्यवस्थापन समितिमा पठाएको भए पनि समितिले केही पनि परिवर्तन नगरी विधेयक राष्ट्रिय सभामा प्रतिवेदनको रूपमा पठाएको थियो।

राष्ट्रिय सभाले पनि राष्ट्रपतिले फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पारित गरेसँगै अब विधेयक कानून बन्ने भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds