पोखरा । चीनमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा ४६ जनाको मृत्यु भएको छ। दक्षिण पश्चिम चीनमा ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प जाँदा अन्य केही घाइते भएका छन्।
सिचाआन प्रान्तमा स्थानीय समयअनुसार १ बजे भूकम्प गएको हो। भूकम्पको गहिराइ १० किलोमिटर रहेको छ। भूकम्पले दूरसञ्चारका लाइन बिच्छेद गर्नुका साथै पहाडमा पहिरो गएको छ।
गत हप्ता सिचुआनको राजधानी चेङ्डुकाका करिब २ करोड १० लाख मानिसलाई कोभिड प्रतिबन्धका कारण घरमै बस्न आदेश दिइएको थियो।
भूकम्पको केन्द्रबिन्दु चेङ्डुबाट २२६ किलोमिटर दक्षिणपश्चिममा रहेको दुर्गम पहाडी क्षेत्रमा पर्ने लुडिङ सहर रहेको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ।
सरकारी सञ्चार माध्यम सीसीटीभीका अनुसार भूकम्पका कारण यान सहरमा १७ जना र छिमेकी प्रान्त गान्जीमा २९ जनाको मृत्यु भएको बताएको छ। भूकम्पपछि १६ जना हराइरहेका र ५० जना घाइते भएका छन्।
भूकम्पले सडक चिरा परेको छ, पहाडमा पहिरो गएको छ र प्रभावित क्षेत्रका १० हजार घरमा दुरसञ्चार सेवा अवरुद्ध भएको छ।
सम्बन्धित खबर
चीनको एक कोइला खानीमा आगलागी हुँदा १६ जनाको मृत्यु
आज विश्व शान्ति दिवस मनाइँदै
भारतमा भेटियो निपाह भाइरस, केरलामा पाँच दिन स्कुल बन्द
डिभी परेर अमेरिका गएका आशिष कोठामै मृत भेटिए
हृदयघातका कारण भारतमा एक नेपालीको मृत्यु
मोरक्को भूकम्प : मृत्यु हुनेको संख्या २ हजार ६ सय ८१ जना पुग्यो
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि