क्रिकेट कप्तान सन्दीप लामिछानेविरुद्ध नाबालिगले लगाइन् बलात्कार आरोप, प्रहरीमा जाहेरी दर्ता

क्रिकेट कप्तान सन्दीप लामिछानेविरुद्ध नाबालिगले लगाइन् बलात्कार आरोप, प्रहरीमा जाहेरी दर्ता

Sandeep 0000

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको उजुरी परेको छ । १८ वर्ष भन्दा कम उमेरकी बालिका करणी गरेको अभियोगमा लामिछानेविरुद्ध मंगलबार साँझ प्रहरी वृत्त गौशालामा किटानी जाहेरी परेको नेपाल प्रहरीको एक उच्च अधिकारीले जानकारी दिए ।

१७ वर्षीया एक नाबालिगले आफूलाई सन्दीपले होटलमा लगी जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएको प्रहरी उच्च स्रोतले जनायो । प्रहरीले मंगलबार नै ती किशोरीको मेडिकल जाँच पनि गराएको छ।

सन्दीप यतिबेला नेपाल बाहिर छन् । हाल उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट ईण्डिजमा छन् । पूर्वी अफ्रिकी देश केन्यासँग टी–२० र एकदिवसीय क्रिकेट खेल्न राष्ट्रिय टोलीको नेतृत्व गर्दै भदौ ६ गते केन्या गएका सन्दीप टी–२० को पाँच म्याचको शृंखला खेलेपछि एक दिवसीय नखेली वेस्ट ईण्डिज गएका हुन् । पाँच म्याचको शृंखलामा उनकाे कप्तानीमा नेपालले ३–२ ले सिरिज जितेकाे छ । शुक्रबारदेखि सुरू एकदिवसीय नखेली क्लबमा पैसाका लागि खेल्न गएकाे भनेर उनकाे आलोचना भएको छ । गत सिजन भने ट्रिनबागो नाइटराइडर्समा अनुबन्ध भए पनि सन्दीपले राष्ट्रिय टिमको खेल भएका कारण सिपिएलमा कुनै पनि खेल खेलेका थिएनन् । सन्दीप पूर्वनिर्धारित तालिकाअनुसार नै केन्या भ्रमण छाडेर सिपिएल खेल्न वेष्टइन्डिज लागेको बताइएको छ । सन्दीपले सिपिएलमा जमैका तल्लाजावजबाट खेल्दैछन् । अब याे मुद्धाले असर पर्ने देखिएकाे छ ।

समाचार स्रोतका अनुसार सोमबार नै प्रहरीमा उजुरी दिने तयारी भएको थियो । तर, मंगलबार साँझ मात्र उजुरी परेको हो । बालिकाले आरोप लगाएको जबर्जस्ती करणीको घटना उनी केन्या जानुभन्दा अघिल्लो रातको हो।

के हो घटना ?

प्रहरीले जाहेरी अनुसार दिएको जानकारीको आधारमा सन्दीप र जाहेरीकर्ता किशोरी प्रेमसम्बन्धमा भने थिएनन् । किशोरी सन्दीपको ठूलो फ्यान हुन् । उनीहरुको चिनजान सामाजिक सञ्जालमै भएको थियो । सन्दीपले स्न्यापच्याट ‘स्यान्डी ड्रिम्स’ नाममा चलाउँछन् । उनले ति किशोरीसँग सोहि आईडीमार्फत् कुरा गर्थे । अरुभन्दा भिन्न सुविधा स्न्यापच्याटमा के छ भने, म्यासेज सिन गर्नासाथ अटो डिलिट हुन्छ । त्यसैले पनि सन्दीपले किशोरीसँग इन्स्टाग्राम, फेसबुकबाट म्यासेज नगरी स्न्यापच्याटमार्फत् गर्दै आएका थिए ।

केन्या जानु अघिल्लो दिन भदौ ५ गते सन्दीपले नै किशोरीलाई ‘डेट’ का लागि अफर गरे । होस्टल बसेर अध्ययनरत ति किशोरीले केहीछिन बाहिर निस्कने, फोटो खिचेर फर्कने मनसायका साथ खुशीसाथ स्विकारिन् । त्यसपछि, सन्दीप आफै कार लिएर किशोरी लिन होस्टल अघि आए । सन्दीपले किशोरीलाई कारमा राखेर सिधै नगरकोट लगे । किशोरीको मोबाइलसमेत सन्दीपसँगै रहेकाले उनको साथीहरुसँग सम्पर्क हुन पाएन । किशोरीले फर्कन आग्रह गर्दा पनि सन्दीपले अटेर गरे ।

नगरकोटमा पुगेर सन्दीपले मद्यपान पनि गरेको किशोरीको जाहेरीमा उल्लेख रहेको प्रहरीको श्रोतले बताएको छ । किशोरीले फर्कने जिद्धी गरेपछि सन्दीप पुनः काठमाण्डौ फर्के । राति ११ बजिसकेकाले होस्टल ८ बजे बन्द भइसकेकाले होटलमा जाने प्रस्ताव सन्दीपले गरे । किशोरीले २ कोठा बुक गर्न भने । तर, सन्दीपले होटलवालासँग कुरा गरेको बहानामा एउटा कोठामात्र रहेको बताए । अरु विकल्प नभएपछि होटलमा सन्दीपसँगै किशोरी गइन् । त्यसपछि सन्दीपले आफूलाई समेत मापसे गराएर लठ्याई जबर्जस्ती करणी गरेको जाहरीमा किशोरीले उल्लेख गरेकी छन् । पिंगलास्थानस्थित होटल काठमाडौं इनमा दुईपटक बलात्कार गरेको पीडितको भनाइ छ ।

भोलिपल्ट सन्दीप गए र सोहि दिन केन्याका लागि प्रस्थान गरे । उनले किशोरीलाई सबै ठाउँबाट ब्लक गरेपछि किशोरी मानसिक रुपमा विक्षिप्त बनिन् । उनले आफूले ४ दिनपछि साथीलाई घटनाबारे बताएको र प्रहरीमा जाहेरी दिन सल्लाह मिलेकाले प्रहरीकहाँ पुगेको उल्लेख गरेकी छन् ।

राति लठ्याएर दुई पटक बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ । प्रहरीले पिंगलास्थान र नगरकोटमा गएको होटलको क्लोज सर्किट (सीसी) टीभी फुटेज पनि संकलन गर्न थालेको छ । होटलका कर्मचारीहरुसँग पनि सोधपुछ गरिरहेको छ । प्रारम्भिक जाँचमा उनी ५ भदौमा ती स्थानमा पीडितसँग गएको देखिएको प्रहरीले जनाएको छ ।

मंगलबारमात्रै नायक पल शाह विरुद्ध जिल्ला अदालत नवलपुरले साढे २ वर्ष कैद र १० लाख क्षतिपूर्तिको फैसला गरेको छ । एक नाबालिग गायिकाले बलात्कार गरेको आरोपमा तनहुँ र नवलपुरमा जाहेरी दर्ता गरेकोमा नवलपुर अदालतले फैसला गरेको हो । तनहुँमा फैसला हुनै बाँकी छ । बलात्कार मुद्धामा सफाई पाएपनि बाल यौन दुरुपयोग मुद्धामा उनी दोषी ठहर भएका छन् । अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै उनको तर्फबाट पोखरा उच्च अदालतमा पुनरावेदन गर्ने तयारी भएको बुझिएको छ ।

अभिनेता पल शाहलाई बाल यौन दुरूपयोगमा साढे दुई वर्ष कैद, १० लाख क्षतिपूर्ति

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ