नेपालका लागि मोटरहेड ब्रान्डको बाइककाे आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले नजिकिँदै गरेकाे पर्वलाई लक्षित गर्दै ‘४ को चमत्कार, बाइक पनि बचत पनि’ अफर सार्वजनिक गरेको छ ।
आगामी कार्तिक १५ शनिबारसम्म लागु हुने गरी कम्पनीले यो अफर सार्वजनिक गरेको हो । यो अफर अन्तर्गत कम्पनीले मोटरहेड ब्रान्डका बाइक खरिद गर्ने ग्राहकहरुकालागि स्क्रयाच कार्ड मार्फत ७ हजार ९ सय देखि १ लाख रुपैयाँसम्म जित्न सकिने अफर ल्याएको छ । त्यस्तै, यो स्किम अन्तर्गत बम्परमा १ जना भाग्यशाली विजेताले १ लाख जित्न सक्नेछन् ।
कम्पनीका ग्राहकले जुनसुकै माध्यमबाट टेक्कन २५०को पूरानो मोडल खरिद गरेमा २५ हजार छुट पाउन सक्ने व्यवस्था रहेको छ ।
नेपाली बजारमा पछिल्लो समय मोटरहेडले टेक्कन २५०, टेक्कन आर२५० अपग्रेडेड, स्पोर्ट्स २५० रोड, स्पोर्ट्स २५० अफरोड, एमएच १५०, एमएच २००एक्स, एक्स–टर्क र स्क्र्याम्बलर गरी ८ मोडलका बाइकहरु बिक्री गर्दै आएको छ । यी बाइकको सुरुवाती मूल्य ३ लाख १० हजार देखि ४ लाख ९५ हजार रुपैयाँ राखेर बिक्री हुँदै आएको छ ।
पोखराको लागि विक्रेता ‘मल्टि स्टार मोटर्स’
मोटरहेडको पोखराका लागि आधिकारिक विक्रेता पर्स्याङमा रहेको मल्टिस्टार मोटर्स प्रालि हो । पोखरा र आसपासका युवाले मोटरसाइकल खरीदका लागि मल्टिस्टार मोटर्समा सम्पर्क गर्न सक्नेछन् । शोरुममा मोटरहेडको विभिन्न मोडलहरु उपलब्ध रहेको सञ्चालक इन्द्र गिरीले जनाए ।
कम्पनीका अनुसार मोटरहेड बाइक नेपालका सबै भू–भागका लागि उपयुक्त मानिएको छ । मोटरहेड ब्रान्डको डर्ट, क्रसओभर र स्क्र्याम्ब्लर सेग्मेन्टका बाइकलाई बिक्रि गर्दै आएको छ।

सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’