नेपालका लागि मोटरहेड ब्रान्डको बाइककाे आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले नजिकिँदै गरेकाे पर्वलाई लक्षित गर्दै ‘४ को चमत्कार, बाइक पनि बचत पनि’ अफर सार्वजनिक गरेको छ ।
आगामी कार्तिक १५ शनिबारसम्म लागु हुने गरी कम्पनीले यो अफर सार्वजनिक गरेको हो । यो अफर अन्तर्गत कम्पनीले मोटरहेड ब्रान्डका बाइक खरिद गर्ने ग्राहकहरुकालागि स्क्रयाच कार्ड मार्फत ७ हजार ९ सय देखि १ लाख रुपैयाँसम्म जित्न सकिने अफर ल्याएको छ । त्यस्तै, यो स्किम अन्तर्गत बम्परमा १ जना भाग्यशाली विजेताले १ लाख जित्न सक्नेछन् ।
कम्पनीका ग्राहकले जुनसुकै माध्यमबाट टेक्कन २५०को पूरानो मोडल खरिद गरेमा २५ हजार छुट पाउन सक्ने व्यवस्था रहेको छ ।
नेपाली बजारमा पछिल्लो समय मोटरहेडले टेक्कन २५०, टेक्कन आर२५० अपग्रेडेड, स्पोर्ट्स २५० रोड, स्पोर्ट्स २५० अफरोड, एमएच १५०, एमएच २००एक्स, एक्स–टर्क र स्क्र्याम्बलर गरी ८ मोडलका बाइकहरु बिक्री गर्दै आएको छ । यी बाइकको सुरुवाती मूल्य ३ लाख १० हजार देखि ४ लाख ९५ हजार रुपैयाँ राखेर बिक्री हुँदै आएको छ ।
पोखराको लागि विक्रेता ‘मल्टि स्टार मोटर्स’
मोटरहेडको पोखराका लागि आधिकारिक विक्रेता पर्स्याङमा रहेको मल्टिस्टार मोटर्स प्रालि हो । पोखरा र आसपासका युवाले मोटरसाइकल खरीदका लागि मल्टिस्टार मोटर्समा सम्पर्क गर्न सक्नेछन् । शोरुममा मोटरहेडको विभिन्न मोडलहरु उपलब्ध रहेको सञ्चालक इन्द्र गिरीले जनाए ।
कम्पनीका अनुसार मोटरहेड बाइक नेपालका सबै भू–भागका लागि उपयुक्त मानिएको छ । मोटरहेड ब्रान्डको डर्ट, क्रसओभर र स्क्र्याम्ब्लर सेग्मेन्टका बाइकलाई बिक्रि गर्दै आएको छ।
सम्बन्धित खबर
भारत–क्यानडा विवाद, भारतले भिसा सेन्टर नै बन्द गर्याे
मोटरसाइकल चढेर पैदलयात्रीको सिक्री तान्ने ४ जना पक्राउ
मादक पदार्थ सेवन गरी दुई युवा समूह बीच झडप, एकको मृत्यु, ८ पक्राउ
अर्काको सिमकार्ड आफ्नो नाममा डुप्लिकेसन गरी ६ लाख ठगी, २२ वर्षीय युवक पक्राउ
औषधि विभागद्वारा १ सय ३ प्रकारका एन्टिबायोटिक प्रयोग नगर्न निर्देशन
यती एयरले आजदेखि पोखरा- काठमाण्डौ रात्रिकालीन उडान संचालन गर्ने
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि