जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जन्मसिद्व नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन तयार रहेको बताएका छन् ।
जनकपुरमा एमालेद्वारा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारलाई भने, ‘जन्मसिद्व नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने दुई लाइनको विधेयक ल्याउनुस् । भोलि नै पास गरिदिन्छौं ।’
विदेशी महिलालाई विहे गरेर ल्याइने बित्तिकै नागरिकता दिन नसकिने संकेत गर्दै उनले अहिलेको विधेयक फिर्ता लग्न पनि आग्रह गरे । उनले मधेसमा जन्मसिद्व नागरिकका सन्तान मात्र समस्यामा रहेको र उनीहरुलाई नागरिकता दिने पक्षमा एमाले रहेको स्पष्ट पारे ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाले सचिव रघुवीर महासेठले मधेसमा १० सिट जित्ने बताएको थिए । सो सन्दर्भमा ओलीले प्रश्न गरे– एमाले मात्र १० सिट जित्ने हो भने बाँकी कसले जित्छ ? उनले मधेसका सबै सिट जित्ने दाबी घुमाउरो भाषामा गरे ।
अध्यक्ष ओलीले एमाले मधेस विरोधी नभएको पटक–पटक दोहोर्याए । उनले भने, ‘म जस्तै टोपी लगाएको त दुई/चार जना मात्र छन् । यहां सबै त मधेसी नै छन् । अनि एमाले कसको पार्टी ? मधेसीको । एमाले पहाडी र हिमाली सबै नेपालीको हो ।’
सम्बन्धित खबर
पूर्वसशस्त्र प्रहरी जवान मृत फेला, हत्या आशङ्कामा दुई जना भारतीय पक्राउ
यी स्थानमा बदली र वर्षाको सम्भावना
‘हामीसँग कुरा गर्न मेयर बालेन होइन, एक नगर प्रहरी आएका थिए’
नागरिकता विधेयकको प्रमाणीकरण गर्ने अवसर पाउनु मेरा लागि अविस्मरणीय: राष्ट्रपति
नेपाल-चीनबीच १३ बुँदे सम्झाैता र समझदारी पत्रमा हस्ताक्षर
मेयर बालेनको प्रश्न-‘संवादमा बोलाउँदा अभियन्ताहरू आएनन्, वार्ता उहाँका नेतासँग गर्नुपर्ने हो ?’
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि