Gandak News
Our News Your Views
Promote your business here Gandaknews

ताइवानमा शक्तिशाली भूकम्प

काठमाडौं । ताइवानमा शक्तिशाली भूकम्प गएको छ।

ताइवानको पूर्वी तटमा ६ दशमलब ६ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भौगोलिक सर्वेक्षण केन्द्र (युएसजीएस)ले जनाएको छ।

भूकम्प तटीय सहर ताइतुङबाट करिब ५० किलोमिटर (३० माइल) उत्तरमा १० किलोमिटर गहिराइमा गएको युएसजीएसले जनाएको छ।

भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ।

प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस