मेक्सिकोमा ७.६ रेक्टर स्केलको भूकम्प जाँदा एक जनाको मृत्यु

मेक्सिकोमा ७.६ रेक्टर स्केलको भूकम्प जाँदा एक जनाको मृत्यु

Earthquake

काठमाडौं । मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणले ७.६ रेक्टर स्केलको अनुमान गरेको छ। भूकम्पको केन्द्रबिन्दु प्रशान्त महासागरको तटमा रहेको मिचोआकान राज्यको कोलकोमानबाट ५९ किलोमिटर (३७ माइल) दक्षिणमा र मेक्सिको सिटीबाट सयौं किलोमिटर पश्चिममा रहेको भूकम्पविद्हरूले बताएका छन्।

भूकम्पका कारण एक जनाको मृत्यु भएको बताइएको छ । भूकम्पका कारण केही घरहरु समेत चर्केका छन्।

भूकम्पले पुर्याएको क्षति बारे थप विवरण भने आउन बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ