Gandak News
Our News Your Views
Promote your business here Gandaknews

रुसमा गाभिने कि नगाभिने भनेर युक्रेनका ४ क्षेत्रमा जनमत संग्रहको तयारी

काठमाडौं । रुसी नियन्त्रणमा रहेका पूर्वीयुक्रेनका ४ वटा क्षेत्रले रुसमा गाभिने कि नगाभिने भन्ने सम्बन्धमा जनमत संग्रह हुने भएको छ।

रुसले कब्जामा लिएको युक्रेनका लुहान्स्क, दोनेत्स्क, खेरसान र जेपोरजियामा जनमत संग्रह हुन लागेको हो। सेप्टेम्बर २३ देखि २७ सम्म जनमत संग्रह हुने जनाइएको छ।

युक्रेनमा आक्रमण गर्नुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती क्षेत्रलाई स्वतन्त्र घोषणा गरेका थिए।

रुसले जनमत संग्रह गर्न लागेपछि पश्चिमा देशहरुले विरोध जनाएका छन्।

प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस