काठमाण्डौ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाण्डाैजस्तो सांस्कृतिक सहरमा विकासको नाममा संरचना भत्काउने काम गर्न नहुने बताएका छन् ।
आइतवार विश्वेश्वर महादेव मन्दिर पुनर्निर्माण कार्यको थालनी एवम् हनुमानढोका नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले काठमाण्डाै उपत्यका पर्यटकीय दृष्टिकोणले अत्यधिक महत्त्वपूर्ण रहेको भन्दै बाटो फराकिलो गर्ने नाममा घर भत्काउन नहुने बताए । पहिलाका भौतिक संरचनाहरूको संरक्षण गर्नसके मात्रै सम्पदाको महत्त्व रहने भन्दै काठमाण्डाैलाई पर्यटकीय नगरी बनाउनुपर्ने उनले बताए ।
उनले अगाडि भने, ‘शहरका पहिलाका घरहरू जस्ता छन् त्यस्तै राख्नुपर्छ । साँघुरो बाटो छ भनेर फराकिलो गर्ने नाममा घर भत्काउने, यसलाई मास्ने काम गर्नु हुँदैन । हिजो जुन खालको यो सहरको बनावट छ, त्यसको अवस्था छ, त्यसको अवस्थालाई संरक्षण र कायम गर्नुपर्छ । त्यसरी नै हामीले यसलाई विश्वमा चिनाउन सक्छौँ ।’
सम्बन्धित खबर
दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा
बझाङ केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प, दर्जनौँ घर भत्किए
नेपालगञ्जमा हिन्दू र मुस्लिमबीच तनाब, स्थानीय प्रशासनद्वारा कर्फ्यू जारी
कक्षा १२ को परीक्षा आगामी बैशाखमा
देशभर बदली र वर्षाको सम्भावना
अन्तर्राष्ट्रिय विमान कम्पनीले पोखरामा उडान अनुमति माग्दा सरकारले दिएन: महासचिव पोखरेल
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल